सोमबार, असार २९, २०८३

युभेन्टसको जितका लागि रोनाल्डोको २ गोल अपर्याप्त

एजेन्सी– इटालियन सिरी ए अन्तर्गत गएराति सम्पन्न खेलमा शीर्षस्थानको युभेन्टस तेस्रो स्थानको एटलान्टासँग बराबरीमा रोकिएको छ।
 |  आइतबार, असार २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २८, २०७७

एजेन्सी– इटालियन सिरी ए अन्तर्गत गएराति सम्पन्न खेलमा शीर्षस्थानको युभेन्टस तेस्रो स्थानको एटलान्टासँग बराबरीमा रोकिएको छ।

युभेन्टसको एलिनाज रंगशालामा सम्पन्न खेलमा उसले पाहुना टोलीसँग २–२ गोलको बराबरी खेलेको हो।

खेलको १६ औं मिनेटमा दुवन जपाटाले गोल गर्दै पाहुना टिम एटलान्टालाई सुरुवाती अग्रता दिलाए। सो अग्रतासँगै एटलान्टा पहिलो हाफमा १ गोलले अघि रह्यो।

तर दोस्रो हाफको ५५ औं मिनेटमा गोल गर्दै क्रिस्टियानो रोनाल्डोले खेललाई बराबरीमा ल्याए। उनले पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै गोल गरे।

फेरि ८० औं मिनेटमा रुस्लान मलिनोभ्स्कीको गोलमा एटलान्टाले अग्रता आफ्नो हातमा लियो। तर अन्तिममा मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै रोनाल्डोले पुनः खेललाई बराबरीमा ल्याए।

रोनाल्डोले दुवै पटक पछि परेको अवस्थामा खेललाई बराबरीमा ल्याएका थिए। बराबरीसँगै युभेन्टसले शीर्षस्थानमा स्पष्ट ८ अंकको अग्रता बनाएको छ। उसको ७६ अंक रहँदा प्रतिस्पर्धि एटलान्टाको ६७ अंक छ।

यता, गएरातिकै अर्को खेलमा दोस्रो स्थानको लाजियो आठौं स्थानको सौसेलोसँग पराजित भएको छ। उसको पराजयसँगै युभेन्टसले ८ अंकको अग्रता बनाएको हो। अंकतालिकामा लाजियोको ६८ अंक छ।

लाजियोविरुद्ध जित निकालेको सौसेलोको ४६ अंक छ।

त्यस्तै गएराति सम्पन्न खेलमै रोमाले ब्रेसिकाविरुद्ध ३–० गोलको सहज जित निकालेको छ। जितसँगै रोमा ५४ अंकका साथ पाँचौ स्थानमा छ।

सिरी ए मा ३२ औं चरणका बाँकी खेल आज राति र एक खेल मंगलबार राति हुने छन्।

प्रकाशित: Jul 12, 2020| 08:52 आइतबार, असार २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।