बिहीबार, चैत ५, २०८२

बार्सिलोनोको जितमा भिडालले गरे गोल, मेस्सीले कीर्तिमान बनाए

एजेन्सी– स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले भालाडोलिडविरुद्ध संघर्षपूर्ण जित निकालेको छ।
 |  आइतबार, असार २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २८, २०७७

एजेन्सी– स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले भालाडोलिडविरुद्ध संघर्षपूर्ण जित निकालेको छ।

National life

भालाडोलिडको जोस जोरिल्ला रंगशालामा सम्पन्न खेलमा पाहुना टोली बार्सिलोनाले १–० गोल अन्तरको जित निकालेको हो।

जितका लागि चिलियन मिडफल्ड आर्थुरो भिडालले गोल गरे। खेलको १५ औं मिनेटमै लियोनेल मेस्सीबाट पाएको पासको सदुपयोग गर्दै भिडालले गोल गरेका हुन्।
उनको गोल नै खेलको निर्णायक बन्यो।

लिगमा २४ औं जित सहित बार्सिलोनाले शीर्षस्थानको रियल मड्रिडसँग अंकदुरी घटाएको छ। एक खेल कम खेलेको रियलेको ८० अंक छ भने दोस्रो स्थानको बार्सिलोनाको ७९ अंक छ।

शनिबार रातिको खेलबाट मेस्सीले लिगमा २० गोल र २० एसिस्ट गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाए। उनले ला लिगामा एकै सिजनमा २० गोल र उतिनै एसिस्ट गरेका हुन्।

Laxmi sunrise bank
kumari

गएराति नै सम्पन्न अर्को खेलमा एट्लेटिको मड्रिडले घरेलु मैदानमा १३ औं स्थानको रियल बेटिसलाई १–० गोल अन्तरले हराएको छ। जित सहित एट्लेटिकोले शीर्ष चारमा स्थान पक्का गरेको छ।

अंकतालिकामा मड्रिडको ६६ अंक छ। त्यस्तै तीन खेल बाँकी रहेको भिल्ला रियल ५७ अंकका साथ पाँचौ स्थानमा छ भने सेभिया ६३ अंकका साथ चौथो स्थानमा छ।

ला लिगामा आजका खेलः
एस्पानोयल र आइबर, राति पौने ६ बजे
लेभान्टे र एथ्लेटिक क्लब, राति पौने ९ बजे
लेगानेस र भ्यालेन्सिया, राति सवा ११ बजे
सेभिया र मायोर्का, राति सवा २ बजे

प्रकाशित: Jul 12, 2020| 08:39 आइतबार, असार २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।