सोमबार, असार २९, २०८३

लिभरपुल बराबरीमा रोकियो, बन्ला त कीर्तिमान ?

एजेन्सी– इंग्लिास प्रिमियर लिग (ईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा लिग विजेता लिभरपुलले बर्नलीसँग १–१ गोलको बराबरी खेलेको छ।
 |  आइतबार, असार २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २८, २०७७

एजेन्सी– इंग्लिास प्रिमियर लिग (ईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा लिग विजेता लिभरपुलले बर्नलीसँग १–१ गोलको बराबरी खेलेको छ।

लिभरपुल एनफिल्ड रंगशालामा सम्पन्न खेलमा पाहुना टोलीविरुद्ध बराबरीमा रोकिएको हो।

खेलको ३४ औं मिनेटमा एन्ड्रिउ रोबर्टसनले गोल गर्दै क्लबलाई सुरुवाती अग्रता दिलाए। सो अग्रतासँगै लिभरपुल पहिलो हाफमा एक गोलले अघि रह्यो।

तर दोस्रो हाफको ६९ औं मिनेटमा बर्नलीका जोय रोड्रिगेजले गोल गर्दै खेललाई बराबरीमा ल्याए। बराबरीसँगै दुवै क्लबले १–१ अंक बाँडेका छन्। लिगमा तीन खेल बाँकी रहँदा लिभरपुलको ९३ अंक छ।

ऊ जारी सिजनमा सय अंक भन्दा धेरै बनाएर लिगमा सर्वाधिक अंक ल्याउने क्लब बन्न चाहन्छ। लिभरपुलले बाँकी सबै खेल जितेमा उसको खातामा १०२ अंक हुनेछ। ईपीएलको एतिहासको त्यो एक कीर्तिमान हुने छ। अहिलेसम्म म्यानचेस्टर सिटीको १०० अंक सर्वाधिक हो।

यता पराजय भोगेको बर्नली ५० अंकका साथ नवौं स्थानमा छ।

त्यस्तै गाएराति नै सम्पन्न अर्को खेलमा शेफिल्ड युनाइटेडले घरेलु मैदानमा चेल्सीलाई ३–० गोलले हराएको छ। हारसँगै चेल्सी शीर्ष चारको प्रधिस्पर्धामा कमाजोर सावित भएको छ। जसले उसको अर्को वर्षको च्याम्पियन्स लिग खोसिन सक्छ।

चेल्सी ६० अंकसहित तेस्रो स्थानमा रहँदा एक खेल कम खेलेका लेस्टर र म्यानचेटर युनाइटेड ५९ र ५८ अंकका सा चौथो र पाँचौ स्थानमा छन्।

यो चरणमा दुवै क्लबले जित निकाले चेल्सी पाँचौ स्थानमा झर्नेछ।

प्रकाशित: Jul 12, 2020| 07:49 आइतबार, असार २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।