बिहीबार, चैत ५, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • एन्टोनियोको ४ गोलमा वेस्ट हाम विजयी, नर्विच सिटी रेलिगेसन हुने पहिलो क्लब

एन्टोनियोको ४ गोलमा वेस्ट हाम विजयी, नर्विच सिटी रेलिगेसन हुने पहिलो क्लब

एजेन्सी– इंग्लिस प्रिमिलयर लिग(ईपीएल)को शनिबार साँझ सम्पन्न खेलमा वेस्ट हामले नर्विच सिटिलाई ४–० गोलले हराएको छ। क्यारो रोड रंगशालामा २४ औं हार बेहोरेको घरेलु टिम जारी सिजनबाट रेलिगेसन हुने पहिलो टिम बनेको छ।
 |  शनिबार, असार २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार २७, २०७७

एजेन्सी– इंग्लिस प्रिमिलयर लिग(ईपीएल)को शनिबार साँझ सम्पन्न खेलमा वेस्ट हामले नर्विच सिटिलाई ४–० गोलले हराएको छ। क्यारो रोड रंगशालामा २४ औं हार बेहोरेको घरेलु टिम जारी सिजनबाट रेलिगेसन हुने पहिलो टिम बनेको छ।

National life

वेस्ट हामको जितका लागि माइकल एन्टोनियोले ४ गोल गरे। उनले दिएको पासमा ११ औं मिनेटमा सुरुवाती अग्रता बनाए। त्यस्तै पहिलो हाफको अतिरिक्त समयमा नोबलेको पासमा आएको बललाई गोलमा परिणत गर्दै अग्रतालाई दोब्बर बनाए।

दोस्रो हाफको ५४ औं मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरेका एन्टोनियोले ७४ औं मिनेटमा पनि गोल गरे। उनलको गोलसँगै जित निकालेको वेस्ट हाम ३४ अंकका साथ १६ औं स्थानमा छ।

जारी सिजनमा मिडफिल्डर एन्टोनियाले ८ गोल गरिसकेका छन्। उनी सन् २०१५ मा नटिंघम फरेस्टबाट १० मिलियन यूरोमा वेस्ट हाममा अनुबन्धन भएका थिए।

यता आजको खेलमा पराजय भोगको वर्विच सिटी ईपीएलबाट घटुवा भएको छ। ऊ इंग्ल्यान्डको दोस्रो डिभिजन च्याम्पियनसिपमा घटुवा भएको हो। कोरोना माहामारीपछि पुनः सुरु भएको लिगमा नर्विच सिटीले कुनै खेलमा जित निकाल्न सकेको छैन।

Laxmi sunrise bank
kumari

तीन खेल बाँकी रहेको नर्विच २१ अंकका साथ अंकतालिकाको पुछारमा छ। उसले ३५ खेलमा ५ जित निकालेको छ भने ६ बराबरी खेलेको छ।

आजै भएको अर्को खेलमा वाटफोर्डले घरेलु मैदानमा न्युकासललाई २–१ गोल अन्तरले हराएको छ।

प्रकाशित: Jul 11, 2020| 21:16 शनिबार, असार २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।