आइतबार, चैत ८, २०८२

त्रिविका कक्षाहरू आजदेखि भौतिक उपस्थितिमा सुरु हुने

त्रिभुवन विश्वविद्यालयले असोज १ गतेदेखि भौतिक उपस्थितिमा कक्षा सञ्‍चालन गर्न भएको छ।
 |  शुक्रबार, असोज १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १, २०७८

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले असोज १ गतेदेखि भौतिक उपस्थितिमा कक्षा सञ्‍चालन गर्न भएको छ।

National life

विश्वविद्यालयले कोरोना भाइरस (कोभिड-१९) को जोखिम नेपालमा कम हुँदै गएकाले नेपाल सरकारका सरोकारवाला निकायहरूसँगको समन्वयमा त्रिविअन्तर्गतका सम्पूर्ण आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा भौतिक रूपमा नै पठनपाठन सुचारु हुने जनाएको हो।

विश्वविद्यालयले महामारीको समयमा अनलाइन कक्षा सञ्‍चालन गर्दै आएकोमा विद्यार्थीहरूको प्रत्यक्ष कक्षा सञ्‍चालनको अनिवार्यतालाई विचार गरी सबै क्याम्पस/विभाग/स्कुलहरूले स्थानीय निकायले तोकेको समयसीमा र मापदण्ड भित्र रहने गरी स्थानीय निकायसँगको समन्वयमा भौतिक रुपमा पठनपाठन गर्न सूचना जारी गरेको हो।

त्रिवि कार्यकारी परिषद्को बैठकले २०७८ असोज १ गतेदेखि सम्भव भएसम्म भौतिक उपस्थितिमा कक्षा सञ्‍चालनको व्यवस्था गर्ने निणर्य गरेको थियो।

प्रकाशित: Sep 17, 2021| 06:34 शुक्रबार, असोज १, २०७८
प्रतिक्रिया दिनुहोस्