मंगलबार, असार २३, २०८३

टी-२० को कप्तानी छोड्ने विराट कोहलीको घोषणा

भारतको राष्ट्रिय क्रिकेट टोलीका कप्तान विराट कोहलीले टी-२० को कप्तानी छाड्ने घोषणा गरेका छन्।
 |  शुक्रबार, असोज १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १, २०७८

काठमाडौं- भारतको राष्ट्रिय क्रिकेट टोलीका कप्तान विराट कोहलीले टी-२० को कप्तानी छाड्ने घोषणा गरेका छन्।

आगामी अक्टोबरमा दुबईमा हुने टी-२० विश्वकपपछि उनले छोटो फर्म्याटको क्रिकेटमा भारतीय टोलीको कप्तानी छाड्ने निर्णय गरेका हुन्। बिहीबार ट्विट गर्दै कोहलीले यहाँसम्म आइपुग्नका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै यो निर्णय लिएको बताएका छन्।

‘८-९ वर्ष लगातार तीन वटै फर्म्याट खेलिरहेको छु र निरन्तर ५-६ वर्षदेखि कप्तानी गरिरहेको छु। ‘अब भारतीय टोलीलाई एकदिवसीय र टेस्टमा नेतृत्व गर्नका लागि आफूलाई ‘स्पेस दिनुपर्ने महसुस गरेको छु। मैले अहिलेसम्म टी-२० मा मेरो सबै थोक दिएको छु। अब टी२० ब्याट्सम्यानको रूपमा अझै पनि उत्तिकै योगदान गर्नेछु,’ उनले भनेका छन्।

प्रकाशित: Sep 17, 2021| 06:20 शुक्रबार, असोज १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।