शुक्रबार, पुस ११, २०८२

प्रतिस्पर्धात्मक खेलमा सोभियाको जित

एजेन्सी– स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा सेभियाले घरेलु टिम एथ्लेटिक क्लबमाथी २–१ गोलअन्तरले जित निकालेको छ। साम म्याम्स रंगशालामा सम्पन्न खेलमा पाहुना टोलीले जित निकालेको हो।
 |  शुक्रबार, असार २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २६, २०७७

एजेन्सी– स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा सेभियाले घरेलु टिम एथ्लेटिक क्लबमाथी २–१ गोलअन्तरले जित निकालेको छ। साम म्याम्स रंगशालामा सम्पन्न खेलमा पाहुना टोलीले जित निकालेको हो।

National life

जितका लागि इबर बनेगा र मनिर इल हादीले गोल गरे। उसो त खेलको २९ औं मिनेटमा गोल गर्दै एथ्लेटिक क्लबका उन्डर कापाले सुरुवाती अग्रता बनाएका थिए। घरेलु टिमले पहिलो हाफसम्म जोगाएको अग्रता दोस्रो हाफको ६९ औं मिनेटमा गुमाउन पुग्यो।

बनेगाले ६९ औं मिनेटमा गोल गरेर खेललाई बराबरीमा ल्याए। त्यस्तै बनेगाको पासमा मुनिलरले खेलको ७४ औं मिनेटमा गोल गर्दै सेभियलाई जित दिलाए।

जितसहित ६३ अंक बनाएको सेभिया अंकतालिकाको चौथो स्थानमा छ यद्यपि तेस्रो स्थानको एट्लेटिको मड्रिडसँग भने समान अंक छ।

यता पराजय भोगेको एथ्लेटिक क्लब ४८ अंकका साथ नवौं स्थानमा छ।

Laxmi sunrise bank
kumari

गएराति नै सम्पन्न अन्य खेलमा मायोर्काले घरेलु मैदानमा लेभान्टेलाई २–० गोल अन्तरले हराएको छ भने आइबरले लेगानेसँग आफ्नै मैदानमा गोलरहित बराबरी खेलेको छ।

ला लिगामा आजका खेल
रियल सोसिडाड र ग्रनाडा, राति सवा ११ बजे
रियल मड्डि र अलाभेस, राति पौने २ बजे

प्रकाशित: Jul 10, 2020| 08:04 शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।