बुधबार, चैत ४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ मा संकलित सबै नमुनाको परीक्षण, बढी संक्रमित ४० वर्षमुनिका

प्रदेश १ मा संकलित सबै नमुनाको परीक्षण, बढी संक्रमित ४० वर्षमुनिका

विराटनगर– प्रदेश १ मा शुक्रबार सम्म २९ हजार १ सय ९ जनाको परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७ सय ४ मा पोजेटिभ रिपोर्ट आएको छ ।
 |  शुक्रबार, असार २६, २०७७

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

शुक्रबार, असार २६, २०७७

विराटनगर– प्रदेश १ मा बिहीबारसम्म २९ हजार १ सय ९ जनाको परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७ सय ४ मा पोजेटिभ रिपोर्ट आएको छ ।

National life

२८ हजार ४ सय ५ मा नेगेटिभ रिपोर्ट आएको छ । प्रदेश १ मा संकलन गरिएका सबैको परीक्षण भएको छ । क्युमा स्वाव नभएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शुक्रबार ३ सय ७७ स्वाव संकलन गरिएको थियो ।

तीनवटा प्रयोगशाला मध्ये कोशी अस्पताल विराटनगरबाट ३ सय ५५, प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट २ सय १०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १ सय २७ जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश १ मा प्रयोगशाला शुरु हुनु अघि काठमाण्डौंमा गरिएको परिक्षणमा १२ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । प्रदेश १ मा संकलिन नमुना धेरै दिन क्युमा रहेको गुनासो आएपछि परीक्षणलाई तीव्रता दिन दवाव बढेको थियो ।

४० वर्ष सम्मका संक्रमित बढी

Laxmi sunrise bank
kumari

प्रदेश १ मा बिहीबारसम्म ७ सय ४ जना कोरोना संक्रमित भएका छन् । जसमा १ सय १५ महिला र ५ सय ८९ पुरुष छन् । प्रदेश १ मा कोरोना संक्रमित मध्ये ११ वर्षदेखि ४० वर्ष उमेर समूहका व्यक्तिहरु बढी संक्रमित भएका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार २१ वर्षदेखि ३० वर्ष उमेर समूहका अधिक संक्रमित छन् । प्रदेश १ मा पछिल्लो समय देखिएको संक्रमणमा भारतबाट आउनेहरु बढी छन् । भारतमा कामको शिलशिलामा गएर फर्कनेहरु बढी संक्रमित भएका छन् । सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार २१ देखि ३० वर्षको उमेर समूहका शुक्रबार सम्म २ सय ७६ जना संक्रमित छन् । जसमा ४८ महिला २ सय २८ पुरुष छन् ।

११ वर्षदेखि २० वर्ष उमेर समूहका १ सय ५८ जना संक्रमित भएका छन् भने ३१ देखि ४० वर्ष उमेर समूहका १ सय ४९ जना संक्रमित भएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार १० वर्षदेखि मुनी १९ जना संक्रमित भएका छन् । ४१ देखि ५० मा ७३, ५१ देखि ६० मा २२, ६१ देखि ७० वर्ष उमेर समूहका ७ जना छन् । ७० वर्ष माथिका संक्रमित प्रदेश १ मा छैनन् ।

५ वटा आईसोलेसन केन्द्रबाट उपचार

प्रदेश १ मा कोरोना संक्रमितको उपचारका लागि ५ स्थानमा आईसोलेसन केन्द्र सञ्चालन गरिएको छ । विराटनगरबाट संक्रमितको उपचार शुरु गरिएको थियो ।

शुक्रबार सम्म सञ्चालित आईसोलेसन केन्द्र ५ पुगेको छ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा ३२, पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाँउमा ५८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ४१, कोभिड १९ आईसोलेसन केन्द्र चौदण्डीगढी उदयपुरमा २१ र जिल्ला अस्पताल खोटाङमा १ जना रहेका छन् । संक्रमण देखिएका १० जनाको व्यवस्थापनको काम भईरहेको मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले बताए ।

झापामा संक्रमित ३ सय नजिक

प्रदेश १ मा सबैभन्दा बढी कोरोना संक्रमित झापामा भएका छन् । शुक्रबार सम्म झापामा संक्रमितको संख्या २ सय ९८ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार मोरंगमा १ सय ८३, सुनसरीमा ९८, उदयपुरमा ७२, इलाममा १३, खोटाङमा ११, धनकुटामा ८, भोजपुरमा ६, संखुवासभामा ५, तेह्रथुम र ताप्लेजुङमा ३–३, ओखलढुङ्गा र संखुवासभामा १–१ संक्रमित छन् । शुक्रबार सम्म संक्रमित मध्ये ५ सय ४१ डिस्चार्ज भएका छन् ।

 

 

प्रकाशित: Jul 10, 2020| 06:25 शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।