शनिबार, कात्तिक २९, २०८२
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • २ दिनमै ५ करोडभन्दा बढीले हेरे 'दिल बेचारा'को ट्रेलर, युट्युब ट्रेन्डिङको दोस्रो नम्बरमा

२ दिनमै ५ करोडभन्दा बढीले हेरे 'दिल बेचारा'को ट्रेलर, युट्युब ट्रेन्डिङको दोस्रो नम्बरमा

हालै आत्महत्या गरेका बलिउड कलाकार सुशान्तसिंह राजपूतले अभिनय गरेको अन्तिम फिल्म 'दिल बेचारा'को ट्रेलर २ दिनमै ५ करोडभन्दा बढीले हेरेका छन्।
 |  बिहीबार, असार २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार २५, २०७७

हालै आत्महत्या गरेका बलिउड कलाकार सुशान्तसिंह राजपूतले अभिनय गरेको अन्तिम फिल्म 'दिल बेचारा'को ट्रेलर २ दिनमै ५ करोडभन्दा बढीले हेरेका छन्।

National life

६ जुलाईमा युट्युब रिलिज भएको ट्रेलर आज (बिहीबार) बिहानसम्ममा ५ करोड १२ लाखभन्दा बढीले हेरिसकेका छन्। त्यसैगरी ८५ लाखभन्दा बढीले भिडियो लाइक गरेका छन्। ट्रेलर युट्युब ट्रेन्डिङको दोस्रो नम्बरमा आइसकेको छ।

युट्युबमा सार्वजनिक भएको ९८ मिनेटमै १० लाखभन्दा बढी लाइक पाएर उक्त ट्रेलरले विश्व रेकर्ड बनाएको छ। अहिलेसम्म यति छोटो समयमा यति धेरै लाइक कुनै पनि युट्युब भिडियोले पाएको थिएन।

फिल्ममा सुशान्तका अलावा संजना सांघी तथा सैफ अलि खानर स्वस्तिका मुखर्जीको पनि अभिनय छ। ट्रेलरमा क्यान्सरसँग लडिरहेका दुई बिरामीको कहानी देखाइएको छ।

फिल्म २४ जुलाईमा रिलिज हुने बताइएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 09, 2020| 07:35 बिहीबार, असार २५, २०७७
प्रतिक्रिया दिनुहोस्