शनिबार, साउन १६, २०८३

त्रिविका कक्षाहरु असोज १ गतेदेखि भौतिक उपस्थितिमा सुरु हुने

त्रिभुवन विश्वविद्यालयले असोज १ गतेदेखि भौतिक उपस्थितिमा कक्षा सञ्‍चालन गर्ने भएको छ।
 |  बिहीबार, भदौ ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३१, २०७८

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले असोज १ गतेदेखि भौतिक उपस्थितिमा कक्षा सञ्‍चालन गर्ने भएको छ।

विश्वविद्यालयले कोरोना भाइरस (कोभिड-१९) को जोखिम नेपालमा कम हुँदै गएकाले नेपाल सरकारका सरोकारवाला निकायहरूसँगको समन्वयमा त्रिवि अन्तर्गतका सम्पूर्ण आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा भौतिक रुपमा नै पठनपाठन सुचारु हुने जनाएको हो।

विश्वविद्यालयले महामारीको समयमा अनलाइन कक्षा सञ्‍चालन गर्दै आएकोमा विद्यार्थीहरूको प्रत्यक्ष कक्षा सञ्‍चालनको अनिवार्यतालाई विचार गरी सबै क्याम्पस/विभाग/स्कुलहरूले स्थानीय निकायले तोकेको समयसीमा र मापदण्ड भित्र रहने गरी स्थानीय निकायसँगको समन्वयमा भौतिक रुपमा पठनपाठन गर्न सूचना जारी गरेको हो।

त्रिवि कार्यकारी परिषद्को बैठकले २०७८ असोज १ गतेदेखि सम्भव भएसम्म भौतिक उपस्थितिमा कक्षा सञ्‍चालनको व्यवस्था गर्ने निणर्य गरेको थियो।


प्रकाशित: Sep 16, 2021| 19:23 बिहीबार, भदौ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्