आइतबार, चैत ८, २०८२

काठमाडौं महानगरका विद्यालयमा दसैंपछि मात्र पठनपाठन

महानगर शिक्षा समितिको बिहीबार बसेको बैठकले तत्काल जोखिम कायमै रहेकाले पूर्वाधारको अध्ययन गरेर विद्यालय खोल्ने निर्णय गरेको हो। भौतिक रूपमा विद्यालयमा पठनपाठन भने दसैंपछि मात्र सञ्चालन गर्ने निर्णय भएको सुवेदीले बताए।
 |  बिहीबार, भदौ ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३१, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– काठमाडौं महानगरभित्रका विद्यालयमा दसैंपछि मात्र पठनपाठन हुने भएको छ। विद्यालय भने स्वास्थ्य मापदण्ड अपनाएर दसैंअघि नै खुल्ने तयारी रहेको महानगरका शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए। महानगर शिक्षा समितिको बिहीबार बसेको बैठकले तत्काल जोखिम कायमै रहेकाले पूर्वाधारको अध्ययन गरेर विद्यालय खोल्ने निर्णय गरेको हो। भौतिक रूपमा विद्यालयमा पठनपाठन भने दसैंपछि मात्र सञ्चालन गर्ने निर्णय भएको सुवेदीले बताए। 

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को समन्वयमा विद्यालय खोल्ने, नखोल्ने वा कसरी खोल्ने भन्ने विषयमा शिक्षा उपसमितिले मापदण्ड तय गर्ने सुवेदीले बताए। उनले भने, ‘अहिले सांकेतिक रुपमा भए पनि विद्यालय खोल्ने विषयमा सहमति भएको छ। तर, विद्यालयमा भौतिक रुपमा पठनपाठनका लागि महानगरले तोकेको मापदण्ड पूरा गर्नुपर्छ। अन्यथा विद्यालय खोल्न पाइँदैन।’

बैठकमा विद्यालय खोले पनि जोखिमपूर्ण विद्यार्थी संख्या उच्च भएका विद्यालय भने तत्काल खोल्न नहुने विषयमा छलफल भएको थियो। स्वास्थ्य मन्त्रालयले जोखिम भएका ठाउँमा विद्यालय खोल्न हतार नगर्न सुझाव दिएको छ।

प्रकाशित: Sep 16, 2021| 18:40 बिहीबार, भदौ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्