शुक्रबार, असोज ४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • खाली हुँदै कर्णालीका क्वारेन्टिन, विद्यालयबाट हटाइने

खाली हुँदै कर्णालीका क्वारेन्टिन, विद्यालयबाट हटाइने

कोरोना रोकथाम र नियन्त्रणका लागि प्रदेशका विभिन्न ८९१ स्थानमा क्वारेन्टिन निर्माण भएका छन्। जहाँ ४१ हजार ९५६ नागरिकलाई राख्न सम्भव छ।
 |  मंगलबार, असार २३, २०७७
nespernesper

देव राना

देव राना

मंगलबार, असार २३, २०७७

कर्णालीका क्वारेन्टिनहरु रित्तिन थालेका छन्। कोरोना संक्रमित क्षेत्रबाट गाउँ फर्कने नागरिकको संख्या घटेपछि क्वारेन्टिन रित्तिँदै गएका हुन्।

triton college

सोमबारसम्मको तथ्याङ्क अनुसार प्रदेशभर दुई हजार २५० जनामात्रै क्वारेन्टिनमा बसेका छन्। कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार डोल्पाका क्वारेन्टिन रित्तिसकेका छन्।

त्यस्तै हुम्लामा दश जना, मुगुमा ६५ जना, कालिकोटमामा ११५ जना, जुम्लामा ९० जना, रुकुम पश्चिममा २५६ जना, सल्यानमा ३१७ जना, दैलेखमा २८८ जना र सुर्खेतमा ७७५ जना क्वारेन्टिनमा छन्।

कोरोना रोकथाम र नियन्त्रणका लागि प्रदेशका विभिन्न ८९१ स्थानमा क्वारेन्टिन निर्माण भएका छन्। जहाँ ४१ हजार ९५६ नागरिकलाई राख्न सम्भव छ।

तर संक्रमित क्षेत्रबाट गाउँ फर्कने नागरिकको संख्या घटेपछि क्वारेन्टिन रित्तिँदै गएका छन्। सोमबार संक्रमित क्षेत्रबाट डोल्पा, हुम्ला र कालिकोट जिल्लामा एक जना पनि जिल्लामा पुगेका छैनन्।

Metro Mart
vianet

त्यस्तै रुकुम पश्चिमा तीन जना, सल्यानमा सात जना र जुम्लामा नौ जनामात्रै नागरिक गाउँ फर्किएका छन्। सोमबार प्रदेश भित्रिएका १६९ जनामध्ये सुर्खेतका ५४ जना, दैलेखका २५ जना, मुगुका ३१ जना र जाजरकोटका ४० जना छन्।

गाउँ फर्कने नागरिकको संख्या घटेसँगै विद्यालयबाट क्वारेन्टिन हटाइने भएको छ। कर्णाली प्रदेशका विभिन्न क्याम्पस र विद्यालयमा निर्माण गरिएका क्वारेन्टिन अन्य भवनमा सारिने र सम्भव नभएका ठाउँमा क्वारेन्टिन मर्ज गर्ने रणनीति सरकारले लिएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार सकेसम्म विद्यालयबाट क्वारेन्टिन हटाइने यदि विकल्व नभएको खण्डमा नजिकका विद्यालयमा गाभेर क्वारेन्टिन राखिने भएको छ।

‘संक्रमित क्षेत्रबाट गाउँ फर्कने नागरिकको संख्या घट्दै गएको छ, संक्रमण घट्दै गए विद्यालयहरु खोल्नुपर्ने अवस्था आउन सक्छ,’ मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायले भने ‘अव क्याम्पस र विद्यालयमा तयार पारिएका क्वारेन्टिनहरुको विकल्प खोज्ज सुरु भएको छ।’ कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि कर्णालीका झण्डै ९० प्रतिशत विद्यालयमा क्वारेन्टिन निर्माण गरिएको छ।

सुर्खेतमा पनि विद्यालयबाट क्वारेन्टिन हटाइने भएको छ। विद्यालयबाट क्वारेन्टिन हटाएर पालिका स्तरमै एकीकृत क्वारेन्टिन निर्माण गरिने भएको हो। प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले विद्यालयमा रहेका क्वारेन्टिनलाई पालिकास्तरमा एकीकृत रुपमा सञ्चालन गर्ने निर्णय गरिएको छ।

क्वारेन्टिनमा बस्ने व्यक्तिहरुको संख्या घट्दो क्रममा रहेकोले सम्भव भएसम्म अन्य भवनको प्रयोग गर्ने तर विद्यालयबाट क्वारेन्टिन हटाउने निर्णय भएको सूचना अधिकारी पदमलाल लामिछानेले जानकारी दिए। सुर्खेतमा १७५ विद्यालयमा क्वारेन्टिन सञ्चालन भएका छन्। ती क्वारेन्टिनमा हालसम्म १२ हजार ८७० नागरिक बसिसकेका छन्।

प्रकाशित: Jul 07, 2020| 13:41 मंगलबार, असार २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।