बिहीबार, वैशाख ३१, २०८३

सुशान्तको अन्तिम फिल्मको ट्रेलरले बनायो विश्व रेकर्ड

हालै आत्महत्या गरेका बलिउड कलाकार सुशान्तसिंह राजपूतले अभिनय गरेको फिल्म ‘दिल बेचारा’ को ट्रेलरले विश्व रेकर्ड कायम गरेको छ।
 |  मंगलबार, असार २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २३, २०७७

हालै आत्महत्या गरेका बलिउड कलाकार सुशान्तसिंह राजपूतले अभिनय गरेको फिल्म ‘दिल बेचारा’ को ट्रेलरले विश्व रेकर्ड कायम गरेको छ।

National life

युट्युबमा सार्वजनिक भएको ९८ मिनेटमै १० लाखभन्दा बढी लाइक पाएर उक्त ट्रेलरले रेकर्ड बनाएको हो। अहिलेसम्म यति छोटो समयमा यति धेरै लाइक कुनै पनि युट्युब भिडियोले पाएको थिएन।

ट्रेलर हिजो (६ जुलाई) मा रिलिज भएको थियो। मानिसहरुले ट्रेलर निकै रुचाएका छन् कमेन्ट पनि गरिरहेका छन्।


आज मध्यान्ह १२ बजेसम्म (अपलोड गरेको १९ घण्टा) मा यो भिडियो ले २ करोड २० लाखभन्दा बढीले हेरिसकेका छन् भने लाइकको संख्या ५० लाख नाघेको छ।

फिल्ममा सुशान्तका अलावा संजना सांघी तथा सैफ अलि खानर स्वस्तिका मुखर्जीको पनि अभिनय छ। ट्रेलरमा क्यान्सरसँग लडिरहेका दुई बिरामीको कहानी देखाइएको छ।

फिल्म २४ जुलाईमा रिलिज हुने बताइएको छ।

–नवभारत टाइम्स

 

प्रकाशित: Jul 07, 2020| 12:07 मंगलबार, असार २३, २०७७
प्रतिक्रिया दिनुहोस्