आइतबार, चैत ८, २०८२

काठमाडौं उपत्यकाका विद्यालय नखोल्न आदेश [पूर्णपाठसहित]

काठमाडौं उपत्यकामा विद्यार्थीको भौतिक उपस्थिति‍मा विद्यालय सञ्चालन गर्न नपाइने भएको छ।
 |  बिहीबार, भदौ ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३१, २०७८

काठमाडौं- काठमाडौं उपत्यकामा विद्यार्थीको भौतिक उपस्थिति‍मा विद्यालय सञ्चालन गर्न अझै केही समय नपाइने भएको छ।

National life

यसअघि असोज १ देखि भौतिक उपस्थितिमा नै विद्यालय सञ्चालन गर्न अनुमति दिने भनिएपनि काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले तत्काल भौतिक उपस्थितिमा विद्यालय सञ्चा‍लन नगर्न आदेश जारी गरेको हो। यद्यपि सञ्चालन गर्नैपर्ने भए सीसीएमसीसँग समन्वय गर्नसमेत आदेशमा उल्लेख छ। 

यस्तै भिडभाड नगरी चाडपर्व मनाउन आदेश जारी गरेको छ। सांकेतिक रूपमा भीडभाड नगरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मात्र चाडबाड मनाउनसमेत काठमाडौं प्रशासनको आदेश छ।

यो अवधिमा सभाजुलुस, जात्रा महोत्सव, भोजभतेर नगर्न र नगराउनसमेत आदेश जारी भएको छ। यस्तो आदेश अर्को आदेश जारी नहुन्जेलसम्मका लागि लागू हुने काठमाडौं प्रशासनले जानकारी दिएको छ। 

यस्तो छ आदेश

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 16, 2021| 18:07 बिहीबार, भदौ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्