शनिबार, कात्तिक २९, २०८२

नेपोटिज्मबारे तापसी र कंगनाबीचकाे विवाद सामाजिक सञ्जालमा छताछुल्ल

तापसीका पुराना अन्तर्वाता सोसियल मिडियामा भाइरल भइरहेका छन्। भाइरल भएको विषयमा प्रतिक्रिया दिँदै कंगनाले तापसी र उनका साथीहरुलाई चाप्लुसी गरेको आरोप लगाएकी छन्।
 |  आइतबार, असार २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २१, २०७७

भारतीय अभिनेता सुशान्त सिंहको मृत्युपछि बलिउडमा नेपोटिज्मको मुद्दाले फेरि एकपटक चर्चा पाएको छ। यसै क्रममा तापसी पन्नुका केही पुराना अन्तर्वार्ता मिडियामा छाएका छन्।

National life

एक अन्तरर्वार्ता उनले भनेकी थिइन्, ‘कंगना रनावतले प्रायः काम पाउँदिनन्। त्यसैले उनी नेपोटिज्मको विषय उठाउँछिन्।’

तापसीका पुराना अन्तर्वाता सोसियल मिडियामा भाइरल भइरहेका छन्। भाइरल भएको विषयमा प्रतिक्रिया दिँदै कंगनाले तापसी र उनका साथीहरुलाई चाप्लुसी गरेको आरोप लगाएकी छन्।

यसबारे तापसीले पनि सीधै जवाफ दिनुको सट्टा केही उद्धरण प्रयोग गरेकी छन्।

एक ट्विटर प्रयोगकर्ताले केही समयअघि सन् २०१७ मा प्रकाशित एउटा अन्तर्वार्ता ट्विटरमा सेयर गरे।

Laxmi sunrise bank
kumari

जवाफमा कंगानाको टिमले लेखेको छ, ‘केही चाप्लुसी गर्ने एकाउन्ट साइड कंगनाले सुरु गरेको अभियानलाई गतल साबित गर्न कोसिस गरिरहेका छन्। उनीहरुको मुभी माफियासँग राम्रो सम्बन्ध हुन्छ। उनीहरुले कंगनालाई गाली गरेबापत फिल्ममा अभिनय गर्न र अवार्ड पनि पाउँछन्। यो पनि एक किसिमको महिला शोषणजस्तै हो। तापसी तिमीलाई लाज लाग्नुपर्ने।’

तापसीले पनि प्रतिक्रिया दिँदै लेखेकी छन्, ‘खुसी हुन नसक्ने र कडा स्वभावका मानिसबारे टिप्पणी गरेर हामी पनि उनीहरु जस्तो बन्नु हुँदैन। यद्यपि उनीहरुको व्यवहारबाट केही सिक्नुपर्छ।’

यसअघि पनि कंगना र तापसीबीच धेरैपटक सामाजिक सञ्जालमार्फत भनाभन भएको छ।

प्रकाशित: Jul 05, 2020| 18:21 आइतबार, असार २१, २०७७
प्रतिक्रिया दिनुहोस्