शनिबार, साउन १६, २०८३

नेपालमा संक्रमित मृतकको संख्या ११ हजार नाघ्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अद्यावधिक गरेको विवरणअनुसार हालसम्म ११ हजार २ जनाक‌ो मृत्यु भएको हो।
 |  बिहीबार, भदौ ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३१, २०७८

काठमाडौँ- नेपालमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या ११ हजारभन्दा बढी पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अद्यावधिक गरेको विवरणअनुसार हालसम्म ११ हजार २ जनाक‌ो मृत्यु भएको हो। 

पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै कुल संक्रमित मृतकको संख्या ११ हजारभन्दा बढी पुगेको हो।

बिहीबारको विवरणअनुसार पछिल्लो २४ घण्टामा १५ हजार १७९ जनाको परीक्षण हुँदा १५११ जना कोरोना संक्रमित भेटिएका छन्। 

यो अवधिमा १ लाख १० हजार ८९९ जनालाई कोरोनाविरुद्धको भ्याक्सिन लगाइएको मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा १ हजार ६८९ जना निको भएर कुल निको हुनेको संख्या ७ लाख  ४५ हजार २१५ जना पुगेको छ। 

हाल २५ हजार ७७२ जना सक्रिय संक्रिय संक्रमित छन्। 

प्रकाशित: Sep 16, 2021| 17:05 बिहीबार, भदौ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्