शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयले गरे विरोध

कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयले गरे विरोध

गोरखामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा स्थानीयले विरोध जनाएका छन्।
 |  शनिबार, असार २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार २०, २०७७

काठमाडौं- गोरखामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा स्थानीयले विरोध जनाएका छन्।

कोरोना संक्रमणबाट ज्यान गुमाएका पालुङटार नगरपालिका ७ का ४४ वर्षीय पुरुषको शव गोरखा नगरपालिका-१२ र सहिद लखन गाउँपालिका-१ को सीमा क्षेत्रस्थित लुदी दोभानमा व्यवस्थापन गर्ने तयारी थालिएपछि स्थानीयले विरोध जनाएका हुन्।

स्थानीयले त्यस क्षेत्रमा शव व्यवस्थापन गर्न नदिने अडान राखेका छन्।

जिल्ला प्रशासन कार्यालय, दोलखाकी सूचना अधिकारी देवी खत्री पान्डेले शव व्यवस्थापनका लागि स्थानीयसँग छलफल भइरहेको बताइन्। ‘अहिले स्थानीय र सिडियोसाबको छलफल चलिरहेको छ, सहमति होला भन्ने आशा छ,’ उनले भनिन्।

उनले अन्यत्र ठाउँ नभएकाले उक्त ठाउँमा शव व्यवस्थापन गर्न लागिएको बताइन्। ‘स्थानीयसँग सहमति नभए पनि शव व्यवस्थापन गरिने छ,’ उनले भनिन्।

जिल्ला सुरक्षा समितिको बैठकले पालुङटार नगरपालिका ७ का कोरोना संक्रमित पुरुषको शव लुदी दोभानमा व्यवस्थापन गर्ने निर्णय गरेको हो। ती पुरुषको गोरखा अस्पतालमा उपचारको क्रममा आज बिहान ५ः०५ मा मृत्यु भएको थियो।

प्रकाशित: Jul 04, 2020| 15:30 शनिबार, असार २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।