शुक्रबार, भदौ १९, २०८३

प्रदेश १ मा १२ जना कोरोना संक्रमित थपिए, ३६ डिस्चार्ज

विराटनगर– प्रदेश १ मा शनिबार १२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६, झापामा ५ र इलाममा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
 |  शनिबार, असार २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार २०, २०७७

विराटनगर– प्रदेश १ मा शनिबार १२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६, झापामा ५ र इलाममा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ३ महिला, २ पुरुष, सुन्दरहरैचामा १ पुरुष, झापाको कचनकवलमा ४ पुरुष , कनकाईमा १ पुरुष र इलामको देउमाईमा १ पुरुष रहेका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ६५ पुगेको छ ।

प्रदेश १ बाट शनिबार ३६ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँमा उपचारत डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा मोरङका २४, झापाका ११ र सुनसरीका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । शनिबार डिस्चार्ज हुने १३ वर्षदेखि ६० वर्ष उमेर समूहका रहेका छन् ।

गोठगाउँबाट हालसम्म १ सय ४६ जना डिस्चार्ज भएको आईसोलेसन अस्पतालका सम्र्पक अधिकृत धरणी निरौलाले जानकारी दिए।
प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४ सय ५७ पुगेको छ ।

प्रकाशित: Jul 04, 2020| 15:22 शनिबार, असार २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।