शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं उपत्यकाको ढलमा पनि भेटियो कोरोना भाइरस,  संक्रमण समुदायमा फैलिसकेको आशंका

काठमाडौं उपत्यकाको ढलमा पनि भेटियो कोरोना भाइरस,  संक्रमण समुदायमा फैलिसकेको आशंका

काठमाडौं उपत्यकाको केही स्थानको ढलमा गरिएको परीक्षणमा कोरोना भाइरस पाइएको छ।
 |  शनिबार, असार २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार २०, २०७७

काठमाडौं-  उपत्यकाको केही स्थानको ढलमा गरिएको परीक्षणमा कोरोना भाइरस पाइएको छ।

सेन्टर फर मोलिक्युलर डायनामिक नेपालले उपत्यकाका चार ठाउँका ढलमा परीक्षण गरेर हेर्दा दुई ठाउँमा कोरोना भाइरस (सार्स– कोभिड- २) विषाणु भेटिएको हो।

सीएमडीएमका अध्यक्ष दिवेश कर्माचार्यले कुन ठाउँको ढलमा कोरोना भाइरस भेटिएको भन्ने बारे अहिले नै खुलाउन नमिल्ने बताए। उनले अनुसन्धान प्रतिवेदन स्वास्थ्य मन्त्रालयमा बुझाइने पनि बताएका छन्।

कर्माचार्यका अनुसार अन्य देशमा ढलमा विशेषगरी मानव मलमा परीक्षण गर्दा कोरोना भाइरस देखिएकाले काठमाडौंको अवस्था कस्तो छ भनेर जाँच्नका लागि परीक्षण गरिएको बताए। यसको अर्थ काठमाडौं उपत्यकामा संक्रमण समुदायमा फैलिसकेको हुनसक्ने उनको भनाई छ।

कर्माचार्य जुन टोलको ढलमा कारोना भाइरस देखिएको छ,  त्यो ठाउँका वासिन्दा सबैको स्वास्थ्य परीक्षण गर्नुपर्ने बताउँछन्।

केही दिनअघि भारतको जयपुरमा भएको परीक्षणमा पनि ढलमा कोरोना भाइरस पाइएको थियो। तर, ट्रिटमेन्ट गरिएको ढलको पानीमा भने कोरोना नपाइएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

प्रकाशित: Jul 04, 2020| 15:00 शनिबार, असार २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।