शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतमा डिएसपीसहित ८ प्रहरीको हत्या गर्ने दुबे नेपाल छिरेको आशंका

भारतमा डिएसपीसहित ८ प्रहरीको हत्या गर्ने दुबे नेपाल छिरेको आशंका

भारतको उत्तर प्रदेशस्थित कानपुरमा डिएसपीसहित ८ प्रहरीको हत्या गर्ने गुण्डा समूहका नाईके विकास दुबे नेपाल छिरेको आशंका गरिएको छ।
 |  शनिबार, असार २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार २०, २०७७

एजेन्सी- भारतको उत्तर प्रदेशस्थित कानपुरमा डिएसपीसहित ८ प्रहरीको हत्या गर्ने गुण्डा समूहका नाईके विकास दुबे नेपाल छिरेको आशंका गरिएको छ।

कानपुरमा शनिबार राति दुबेलाई पक्राउ गर्न उनको घरमा गएको प्रहरीमाथि दुबेको समूहले अन्धाधुन्ध गोली प्रहार गर्दा एक जना डिएसपी, ३ जना सब इन्स्पेक्टर र ४ जना प्रहरी जवान मारिएका थिए।

ठूलो संख्यामा प्रहरीको हत्या गरी दुबेको ग्याङ फरार भएको थियो। दुई दिनदेखि भारतीय प्रहरीले उत्तर प्रदेशका अधिकांश ठाउँमा दुबे र उनको समूहका व्यक्तिलाई खोजी जारी राखे पनि फेला पारेको छैन।

शनिबार बिहान कानपुर जिल्ला प्रशासन कार्यालयले बिकरु गाउँमा रहेको दुबेको घर जेसीबी प्रयोग गरी ध्वस्त पारिदिएको छ।

दुबेबारे कुनै पनि सुराक पत्ता नलागेपछि कानपुर प्रहरीले दुबे नेपाल भागेको अनुमान गरेको छ। त्यहाँबाट दुबेको समूह नेपाल छिर्न सक्ने खुला सीमा रहेका कारण नेपाल छिरेको आशंका प्रहरीले गरेको हो।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार त्यहाँकाे प्रहरीले दुबे नेपाल छिर्न सक्ने सम्भावित क्षेत्रहरुमा भने सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ। 

त्यहाँबाट नेपाल छिर्न १२० किलो मिटर खुला सीमा छ जहाँ भारतीय प्रहरीका चारवटा चौकी छन्। प्रहीले दुबेलाई खाेज्न झण्डै २ सय टाेली परिचालन गरेकाे छ।

साथै नेपाल भारत सीमा क्षेत्रमा भारतीय प्रहरीले दुबेको फोटो टाँसेर सचेत गराएको छ।

केही वर्षअघि उत्तर प्रदेशमा एक राज्य मन्त्रीको हत्या गरेको आरोपमा प्रहरीले उनको खोजी गरिरहेको छ। तीन दिनअघि घरमा आएको भन्ने सुराकीको आधारमा प्रहरी उनलाई पक्राउ गर्न गएको थियो।

प्रकाशित: Jul 04, 2020| 14:50 शनिबार, असार २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।