शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतमा कोरोना संक्रमणको दैनिक नयाँ रेकर्ड बन्दै, एकै दिनमा थपिए २३ हजार संक्रमित

भारतमा कोरोना संक्रमणको दैनिक नयाँ रेकर्ड बन्दै, एकै दिनमा थपिए २३ हजार संक्रमित

संसारभर कोरोना भाइरस संक्रमितको संख्या एक करोड १० लाख नाघिसकेको छ। यससको संंक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख २३ हजारभन्दा धेरै छ।
 |  शनिबार, असार २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार २०, २०७७

काठमाडौं- संसारभर कोरोना भाइरस संक्रमितको संख्या एक करोड १० लाख नाघिसकेको छ। यससको संंक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख २३ हजारभन्दा धेरै छ।

भारतमा गएको २४ घण्टामा मात्रै २२ हजार ७७१ संंक्रमित थपिएका छन्। यो नयाँ रेकर्ड हो। भारतीय स्वास्थ्यमन्त्रालयका अनुसार यसै अवधिमा ४४२ जनाको संंक्रमणका कारण मृत्यु भएको छ।

योसँगै भारतमा संक्रमितको कुल संख्या ६ लाख ४८ हजार ३१५ पुगेको छ भने मृतको संख्या १८ हजार ६५५ पुगेको छ।

भारतमा अहिलेसम्म कुल संक्रमितमध्ये आधाभन्दा धेरै अर्थात ३ लाख ९४ हजार २२७ जना संक्रमणमुक्त भइसकेका छन्। भने संक्रमणका सक्रिय केस २ लाख ३५ हजार ४३३ छ। यो आँकडालाई हेर्दा भारतमा निको हुने दर ६० प्रतिशत पुगेको छ।

कोरोना संक्रमण अत्यधिक भएका देशहरुको सूचीमा भारत अमेरिका, ब्राजिल र रुसपछि चौथो नम्बरमा छ।

उता पेरुमा संक्रमण तीव्र रुपमा फैलिरहेको छ। पेरु कोरोनाबाट प्रभावित विश्वको पाँचौ देश बनेको छ।

प्रकाशित: Jul 04, 2020| 14:30 शनिबार, असार २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।