काठमाडौं- बाजुराको बुदीनन्दा नगरपालिका-१० मा चट्याङ लागेर आठ वर्षीय बालकको ज्यान गएको छ।
पाण्डुसैनको कालापाटन भन्ने ठाउँमा भैसीखर्कमा राति परेको चट्याङ लागेर दिपेश बोहराको घटनास्थलमै मृत्यु भएको हो।
मृतकका ठूलाबुबा अन्दाजी ४९/५० वर्षीय सौउरे बोहरा घाइते भएको उनका आफन्तले बताएका छन्।
यता जिल्ला प्रहरी कार्यालयले घटनास्थलतर्फ पाण्डुसैन अस्थायी प्रहरी पोस्टबाट प्रहरीको टोली हिँडेको जनाएको छ।