शुक्रबार, भदौ १९, २०८३

प्युठानमा टिपर दुर्घटना, चालक र सहचालकको ज्यान गयो

प्युठानमा टिपर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ।
 |  शनिबार, असार २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार २०, २०७७

जिल्लाको खप्रेङ खोलाबाट दाङको कालाकाटेमा चुनढुङ्गा बोकेर जाँदै गरेको ना ७ ख ८९३८ नम्बरको टिप्पर सरुमारानी गाउँपालिकाको वडा नम्बर छ मोतिपुरमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी चालक वर्ष ३० का रोशन थापा र सहचालक वर्ष २७ का जोगबहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख नरेन्द्र कार्कीले बताए ।

टिपर चालक नौबहिनी गाउँपालिका ६ पिपलटारीका रहेको खुलेको छ भने सहचालकको ठेगाना खुल्न सकेको छैन। टिपर सडकबाट करिब ५०० मिटर तल खसेको छ ।

प्रकाशित: Jul 04, 2020| 11:34 शनिबार, असार २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।