शुक्रबार, भदौ १९, २०८३

आफैंलाई खोज्दै विश्वम्भर

‘कोरोना र लकडाउनले गर्दा औपचारिक विमोचन गर्न पाइएन,’ प्याकुरेलले भने, ‘कार्यक्रम नभए पनि पुस्तक बजारमा जान थालेको छ।’
 |  शनिबार, असार २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार २०, २०७७

काठमाडाैं- वरिष्ठ अर्थशास्त्री विश्वम्भर प्याकुरेलकाे संस्मरणात्मक कृति  ‘आफैंलाई खोज्दा : केही छोपिएका, केही उघारिएका’ बजारमा आएको छ।

‘कोरोना र लकडाउनले गर्दा औपचारिक विमोचन गर्न पाइएन,’ प्याकुरेलले भने, ‘कार्यक्रम नभए पनि पुस्तक बजारमा जान थालेको छ।’

झन्डै चार दशक त्रिवि अर्थशास्त्र केन्द्रीय विभागमा अध्यापन गरेका प्याकुरेलले अनेकौं राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थामा विज्ञ अर्थशास्त्रीका रुपमा काम गरे। श्रीलंकाको राजदूत भए।

अहिले ७१ वर्षको उमेरमा हिँड्दै गरेका प्याकुरेलले श्रीलंकामा राजदूत भएको समयमै आफ्ना संस्करणहरु लिपिबद्ध गर्न थालेका हुन्। पुस्तक पूरा गर्न एक वर्ष लागेको उनले बताए।

२२ शीर्षकमा २ सय ४२ पृष्ठमा उनले आफ्नो जन्मभूमि बर्दिया, त्यहाँ बितेको बाल्यकाल, काठमाडौंमा पढ्न आउँदाको समय, कलेजी दिन, राजनीतिक संलग्नता, किसुनजीसँगको हिमचिम, विदेश अध्ययनका अनुभव, गृहस्थ जीवन र ‘संन्यास संकेत’ का भावना उतारेका छन्।

त्यतिले मात्र प्याकुरेलको संस्मरण पूरा हुँदैन। उनले आफ्ना दोस्त नारायण गोपालसँगको याराना र कवि हरिभक्त कटुवालसँगको उठबसलाई पनि समेटेका छन्।

पुस्तक लेख्न कत्तिको गाह्रो भयो त? लामो सास फेर्दै उनले भने, ‘अलिअलि गाह्रै भयो। छोप्न खोजिएका विषय उघारिँदै गए। उघार्न खोजिएका विषय पनि आवश्यकताभन्दा बढी उघारिए।’

सनातनी समाजमा हुर्किएका हामी नेपालीलाई देखेको कुरा हुबहु लेख्न गाह्रो हुने उनले बताए।

‘हाम्रो समाजमा एक्लै जीवनयापन गर्ने मान्छे पनि पारिवारिक व्यक्तिसरह सामाजिक हुन पुग्छ,’ उनले भने, ‘कसै न कसैको कतै न कतै सम्बन्ध जोडिएकै हुन्छ। सकेसम्म कसैलाई होचो अर्घेलो बोल्नु हुन्न भनेर हुर्किएका हामीले भएका कुरा लेख्दा पनि मिलाएर लेख्नुपर्ने हुन्छ। मैले पनि त्यही प्रयास गरेको छु।’

पाठकलाई आश्वास्त पार्दै उनले भनेका छन्, ‘निश्चित घटनाको स्मरण मात्र नभएर मेरो पुस्तक जीवनभर भोगेको सुखदुःख, उत्साह, उमङ्ग र पीडाहरुको संकलन हो। मैले आफ्नो भोगाइलाई आफैंसँग किराया खाएर जस्ताको तस्तै उतारेको छु। त्यसैले यो वास्तविक कथाको अभिलेख हो।’

उनलाई जगदीश घिमिरेको अन्तरमनको यात्राले छोएको रहेछ। ‘घिमिरेले आफ्ना अनुभव खुलेर लेखेका छन्। त्यो उनको पुस्तकको सकारात्मक पक्ष हो,’ उनले भने।

त्यस्तै, पारिजातको पर्खालभित्र पर्खालबाहिरको स्मरण पनि उनले गरे। अर्थशास्त्रका ठेलीहरुमा घोत्लिइरहँदा नेपाली साहित्य धेरै पढ्न नपाएको गुनासो उनलाई छ।

अनगिन्ती स्रष्टा, सर्जकहरुसँगको हिमचिमका प्रसंग उनका पुस्तकमा आएका छन्। पुस्तक फाइन प्रिन्टले प्रकाशन गरेको हो।

प्रकाशित: Jul 04, 2020| 11:05 शनिबार, असार २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।