काठमाडौं- गोरखा अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरुषको आज (शनिबार) मृत्यु भएको छ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले शनिबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार गोरखा, पालुङटार नगरपालिका-७ का ४४ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान ५ः०५ बजे मृत्यु भएको हो।
हिजो राति आइसोलेसनमा भर्ना भएका ती पुरुष दीर्घरोगी रहेको गोरखा अस्पतालले जनाएको छ।
यससँगै गण्डकीमा ज्यान गुमाउने कोरोना संक्रमितको संख्या तीन पुगेको विज्ञप्तिमा उल्लेख छ।