काठमाडौं- गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले शनिबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का सात, म्याग्दीका तीन, कास्की र बाग्लुङका दुई/दुई तथा स्याङ्जा र तनहुँका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यससँगै गण्डकीमा संक्रमितको कूल संख्या एक हजार ७९ पुगेको छ।
नयाँ संक्रमितको पोखरास्थित प्रदेश क्षयरोग केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र चितवनस्थित भरतपुर अस्पतालमा परीक्षण गरिएको थियो।
उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ।