शुक्रबार, असोज ४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोरोना परीक्षणमा कर्णालीका दुःख : कतै जनशक्ति अभाव, कतै मेसिन खराब

कोरोना परीक्षणमा कर्णालीका दुःख : कतै जनशक्ति अभाव, कतै मेसिन खराब

मेसिन बिग्रिएको हप्ता दिन बितिसक्दा पनि कहिले बन्छ भन्ने टुङ्गो लागेको छैन।
 |  शुक्रबार, असार १९, २०७७
nespernesper

देव राना

देव राना

शुक्रबार, असार १९, २०७७

सुर्खेत-
घटना १
बिहीबार सल्यानका क्वोन्टिनबाट ७० जना भागे। बनगाड कुपिण्डे नगरपालिका वडा नम्वर ३ को क्वारेन्टिनबाट उनीहरुले प्रहरीलाई ढुङ्गामुढा गरी जबरजस्ती निस्केका थिए।

triton college

महिना दिनसम्म पीपीआर रिपोर्ट नआएको भन्दै उनीहरु भागेको बताइन्छ। क्वारेन्टिनबाट भागेको २४ घण्टा वितिसकेको छ। अहिलेसम्म कोही पनि नगरपालिकाको सम्पर्कमा आएका छैनन्। निमित्त प्रशासकीय अधिकृत मोहन खड्काका अनुसार अब पीसीआर रिपोर्ट पोजेटिभ आएकालाई आइसोलेसनमा ल्याउने तर अन्यलाई घरमै बस्न दिने निर्णय भएको छ।

घटना २
असार १२ गते दैलेखका आइसोलेसनबाट ६४ जना भागे। कोरोना पुष्टि भएको १९ दिनसम्म पनि पुनः परीक्षणको रिपोर्ट नआएको भन्दै उनीहरु आइसोलेसनाटै भागे। नौमुले गाउँपालिका अध्यक्ष भदे बुढाका अनुसार भागेकालाई पुनः आइसोलेसनमा ल्याउन सम्भव नभएपछि २४ घण्टापछि उनीहरुलाई स्वतः डिस्चार्ज गरियो।

संक्रमण पुष्टि भएको १४ दिनपछि अन्य व्यक्तिलाई कोरोना नसर्ने भन्दै प्रदेश स्वास्थ्य निर्देशनालयले पनि भागेका सहित १ सय ३२ जनालाई डिस्चार्जको मान्यता दियो।

उल्लेखित घटना समयमै काम हुन नसक्दाका केही प्रतिनिधि मात्रै हुन्। कोरोना संक्रमित क्षेत्रबाट प्रदेश भित्रिएकाको समयमै परीक्षण हुन सकेको छैन। सुर्खेतमा रहेको ठूलो क्षमताको आरटी पीसीआर मेसिन एक हप्तादेखि बिग्रिएको छ। अर्काे पोर्टेबल मेसिनमा विश्वसनियता नभएको भन्दै परीक्षण गरिएको छैन। दैनिक चार सयसम्म परीक्षण गर्ने मेसिनहरु रोकिएपछि कर्णालीमा कोरोना परीक्षणमा समस्या भएको छ।

Metro Mart
vianet

मेसिन बिग्रिएको हप्ता दिन बितिसक्दा पनि कहिले बन्छ भन्ने टुङ्गो लागेको छैन।

प्रदेश अस्पताल सुर्खेतले कोरोना परीक्षणका लागि प्रयोग गर्दै आएको आरटी पीसीआर मेसिन गत शुक्रबारदेखि बिग्रिएको हो। मेसिन बन्ने टुङ्गो नभएपछि स्वाब परीक्षण रोकिएको प्रदेश अस्पताल सुर्खेतका सूचना अधिकारी विनोद बस्नेतले बताए।

‘हामीले सप्लायर्स कम्पनीसँग निरन्तर सम्पर्क गरेका छौँ। तर नेपालमा मेसिन बनाउने इन्जिनियर पाइएको छैन।’ उनले भने, ‘सप्लायर्स कम्पनीले भारतबाट इन्जिनियर ल्याउने भनेको छ। तर हवाई उडान नहुँदा समस्या भयो।’ प्राविधिक नेपाल आउन अनिवार्य रुपमा पीसीआर परीक्षण गर्नुपर्ने भएका कारण पनि प्राविधिक आउन अझै समय लाग्ने उनले बताए।

पुरानो मेसिन नबन्दासम्म अर्काे मेसिन उपलब्ध गराउन समेत अस्पतालले सप्लायर्स कम्पनीसँग अनुरोध गरेको छ। तर दुबै कुराको टुंगो छैन।

प्रदेश अस्पतालले खरिद गरेको नयाँ मेसिन सिंगापुरमै रोकिएको छ। हेलिक्स इन्टरप्राइजेज मार्फत् अमेरिकाबाट खरिद गरेको आरटी पीसीआर मेसिन सिंगापुरमा रोकिएको हो। अस्पतालले भ्याट बाहेक २४ लाख ९० हजारमा मेसिन खरिद गरेको छ। तर बाह्य उडान रोकिएका कारण मेसिन नेपाल भित्रिन सकेको छैन।

‘खरिद गरेको मेसिन सिंगापुरमै रोकियो, शनिबारसम्म नेपाल आइपुग्ला भन्ने अनुमान छ, तर बाह्य उडान रोकिएकाले अहिले नै भन्न सकिने अवस्था छैन’ उनले थपे, ‘अस्पतालले बिग्रेको मेसिन बनाउन र खरिद गरेको मेसिन छिटो झिकाउन हारगुहार गरिरहेकै छ।’

सुर्खेतको मेसिन बिग्रिएसँगै कर्णालीलाई कोरोना परीक्षणमा समस्या थपिएको छ। प्रदेशमा हाल पाँचवटा (सुर्खेत २, जुम्ला १, दैलेख १ र रुकुमपश्चिम १) पीसीआर मेसिन छन्। तर कतै मेसिन बिग्रिएर तनाव भएको छ भने कतै जनशक्ति अभाव छ। कतै प्रयोगशाला समयमै बन्न नसक्दा परीक्षणको दायरा बढ्न सकेको छैन।

प्रयोगशालाको निर्माण सम्पन्न हुन नसक्दा रुकुमपश्चिमको चौरजहारीमा पीसीआर मेसिन सञ्चालनमा आउन सकेको छैन। गत १४ गतेदेखि परीक्षण थालेको दैलेखको पीसआर मेसिन जनशक्ति अभावका कारण पूर्ण क्षमतामा चल्न सकेको छैन।

स्वास्थ्य कार्यालय दैलेखका कोरोना फोकल पर्सन थीरप्रसाद रेग्मीका अनुसार प्रयोगशालामा तीन जना स्वास्थ्यकर्मीको भरमा मेसिन सञ्चालन गर्नुपरेको छ। त्यस्तै जुम्लाको पीसीआर मेसिनमा पनि केही प्राविधिक गड्बढी भएपछि सञ्चालन भएको छैन।

यद्यपि भोलिदेखि मेसिन सञ्चालनमा आउने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाका निर्देशक डाक्टर मंगल रावलले जनाए।

प्रकाशित: Jul 03, 2020| 20:00 शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।