सोमबार, असार २९, २०८३

मेस्सीले २०२१ मा बार्सिलोना छोड्लान् ?

एजेन्सी– अहिले अर्जेन्टिनी फुटबलका कप्तान लियोनेल मेस्सी बार्सिलोनामा खुसी छैनन्। उनको बेखुसीको कारण बार्सिलोनाको पिच मात्र होइन।
 |  शुक्रबार, असार १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १९, २०७७

एजेन्सी– अहिले अर्जेन्टिनी फुटबलका कप्तान लियोनेल मेस्सी बार्सिलोनामा खुसी छैनन्। उनको बेखुसीको कारण बार्सिलोनाको पिच मात्र होइन।

अहिलेको बार्सिलोनाको बोर्डसँग पनि मेस्सीको सम्बन्ध धेरै राम्रो छैन। पछिल्लो वर्ष पनि बोर्डसँग बारम्बार विवादमा आइरहे। मुख्यतः स्पोर्टिङ म्यानेजर एरिक एबाडाल र पूर्वकोच अर्नेस्टो भालभर्डेसँग विवादमा आइरहे। यसलाइ पनि उनले क्बल छोड्न सक्ने संकेत भएको बताइएको छ।

मेस्सी र बोर्डको कुराबारे स्पेनिस रेडियो क्याडेना सेरले बिहीबार राति अर्जेन्टिनीले सन् २०२१ को समरपछि सम्झौताको नवीकरणको वार्ता रोकेको र क्याम्प नाउबाट टाढा जान खोजेको रिपोर्ट सार्वजनिक गरेको छ।

त्यस्तै क्लबको भनाइमा मेस्सीले क्लब छोड्ने छैनन् भन्ने छ। क्लबले मेस्सीको विकल्पको बारे पनि अहिलेसम्म नसोचेको बताएको छ। क्लबले पहिलेको जस्तै सामान्य रुपमा मेस्सीसँग छलफल गर्ने बताएको छ।

तर मेस्सी र बार्सिलोनाको वार्तालाप यदि साँच्चिकै रोकिएको हो भने त त्यो फेरि गर्न सकिन्छ। तर मेस्सी क्लबको अघिल्लो स्क्वाड र क्लबको अर्को चुनावको प्रतीक्षामा रहेको देखिन्छ। उनी बार्सिलोनाको चुनावपछिको सम्भावित अवस्था कस्तो हुन्छ भनेर पर्खिरहेका छन्।

सन् २०२१ को बार्सिलोनाको चुनावमा उम्मेदवार हुनका लागि मेस्सीको सम्झौता नवीकरण पनि मुख्य मुद्दा हो। अहिलेको समितिले ६ पटकका बोलोन डी’ओर विजेतालाई क्लबमा राख्न सक्छ कि सक्दैन भन्ने कुराले क्लबको निर्वाचनमा महत्वपूर्ण भूमिका हुने छ। जसकारण बार्सिलोनाले उनलाई क्लबमा सम्झौता नवीकरण गराउन हरसम्भव प्रयास गरिरहेको छ।

तर यो निश्चित छ कि मेस्सी आफ्नो भविष्यको योजना आफैं बनाउने छन्। साथै उनले सम्झौता लम्ब्याए पनि एक वा दुई वर्षका लागि मात्र सम्झौता कुरिरहेका छन्। यद्यपि क्लसेजका अनुसार उनी कुनै पनि सिजन सकिनेवित्तिकै अर्को क्लबमा जान सक्नेछन्।

मेस्सी १८ वर्षको उमेरमा २००४ अक्टोबर १६ मा क्याटालान क्लब बार्सिलोना अनुबन्धन भएका थिए। त्यसपछि उनले टिमका लागि ६३० गोल र २७२ एसिस्ट गरिसकेका छन्। यस दौरान उनले १० ला लिगा र ४ च्याम्पियन्स लिग जितिसकेका छन्। मेस्सीले सन् २०१७ मा पछिल्लो पटक सम्झौता नवीकरण गरेका थिए।

अर्जेन्टिनी फरवार्डले गत ३० जुनमा खेल जीवनको ७०० गोल पूरा गरेका छन्। एट्लेटिको मड्रिडविरुद्धको खेलमा पेनाल्टीमार्फत् गोल गर्दै यनले सात सय गोल पुर्याए।

प्रकाशित: Jul 03, 2020| 18:19 शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।