शनिबार, कात्तिक २९, २०८२

‘बीच्च बीचमा’ का गायक दुर्गेशले ल्याए अर्को तिज गीत

गत वर्षको तिजमा ‘हामी पनि नाच्नुपर्छ बीच्च बीचमा’ भन्ने तिज गीतबाट निकै चर्चा बटुलेका गायक तथा मोडल दुर्गेश थापाले यसपटक अर्को तिज गीत सार्वजनिक गरेका छन्।
 |  बिहीबार, असार १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार १८, २०७७

काठमाडौं- गत वर्षको तिजमा ‘हामी पनि नाच्नु पर्छ बीच्च बीचमा’ भन्ने तिज गीतबाट निकै चर्चा बटुलेका गायक तथा मोडल दुर्गेश थापाले यसपटक अर्को तिज गीत सार्वजनिक गरेका छन्।

National life

‘बीच्च बीचमा’ कै सिक्वेलका रुपमा उनले ‘बीच्च बीचमा-२ (एउटा फोटो खिच)’ गीत सार्वजनिक गरेका हुन्।

आफ्नै अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको गीतमा सार्वजनिक भएको केहीबेरमै राम्रो प्रतिक्रिया प्राप्त भएको छ।

गीतमा दुर्गेश थापाकै स्वर र संगीत रहेको छ। त्यस्तै शब्दमा दुर्गेशलाई राम खत्री र राजन कार्कीले साथ दिएका छन्।

त्यस्तै शिव विकले निर्देशन गरेको उक्त गीतको म्युजिक भिडियोमा दुर्गेशसहित जिबी चिरन (चिरन्जीबी सापकोटा), जीवन सहानी क्षेत्री, सारिका केसी, विपासा बिसी, अस्मिता जुरेली, टिका जैसी, सविता राई, एनी विस्ट र शिल्पा खड्काको अभिनय रहेको छ।

Laxmi sunrise bank
kumari

गीतको छायांकन अर्जुन तिवारीले गरेका हुन् भने सम्पादन मिलन विश्वकर्माले गरेका छन्।

 

प्रकाशित: Jul 02, 2020| 17:20 बिहीबार, असार १८, २०७७
प्रतिक्रिया दिनुहोस्