शनिबार, कात्तिक २९, २०८२

साम्राज्ञीले लगाएको आरोपबारे छानबिन गर्न भुवन केसीको निवेदन

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूविरुद्ध गलत आरोप लगाएको भन्दै भुवन केसीले नेपाल चलचित्र कलाकार संघमा निवेदन दिएका छन्।
 |  बिहीबार, असार १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार १८, २०७७

काठमाडौं– नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूविरुद्ध गलत आरोप लगाएको भन्दै भुवन केसीले नेपाल चलचित्र कलाकार संघमा निवेदन दिएका छन्।

National life

शाहले सामाजिक सञ्जालमार्फत् आफूलाई गलत आरोप लगाएको भन्दै केसीले छानबिनको माग गर्दै निवेदन दर्ता गराएका हुन्।

भुवन केसीको ब्यानरबाट ६ वर्षअघि निर्माण भएको ‘ड्रिम्स’बाट साम्राज्ञी चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन्। ‘ड्रिम्स’मा भुवन केसीकै छोरा अनमोल केसीसँग साम्राज्ञीले स्क्रिन शेयर गरेकी छन्।

उक्त चलचित्र निर्माणको क्रममा आफूले कुनै दुव्र्यवहार नगरेको केसीले बताएका छन्। निराधार आरोपले समग्र चलचित्र क्षेत्रको बदनाम भएको भन्दै भुवनले निष्पक्ष छानबिनको माग गरेका छन्।

आफूलाई पहिलो चलचित्रमा अभिनय गर्दा नै दुव्र्यवहार भएको भन्दै केही दिनअघि साम्राज्ञीले इन्स्टाग्राममा भिडियो पोस्ट गरेकी थिइन्। अहिले उनले बोलेको विषयमा कलाकारहरु विभाजित भएका छन्। केहीले साम्राज्ञीलाई साथ दिएका छन् भने केही कलाकार केसीको पक्षमा उभिएका छन्।

Laxmi sunrise bank
kumari

भुवन केसी करिब चार दशकदेखि चलचित्र निर्माण र अभिनयमा सक्रिय छन्।

प्रकाशित: Jul 02, 2020| 16:43 बिहीबार, असार १८, २०७७
प्रतिक्रिया दिनुहोस्