शनिबार, कात्तिक २९, २०८२

शिवन पोखरेलको निर्देशनमा ‘वनपालेको लौरी’ सार्वजनिक (भिडियो)

संगीत क्षेत्रका चर्चित निर्देशक शिवन पोखरेलको निर्देशनमा ‘वनपालेको लौरी’ गीतको भिडियो सार्वजनिक भएको छ।
 |  बिहीबार, असार १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार १८, २०७७

काठमाडौं- संगीत क्षेत्रका चर्चित निर्देशक शिवन पोखरेलको निर्देशनमा ‘वनपालेको लौरी’ गीतको भिडियो सार्वजनिक भएको छ।

National life

शिवनकै अभिनय रहेको गीत वनपालेको लौरी बुधबार रिजन नेपाल युट्युब च्यानलमार्फत् सार्वजनिक भएको हो। उनलाई अभिनयमा एलिना रायमाझीले साथ दिएकी छन्।

त्यस्तै म्युजिक भिडियोमा नेत्र भण्डारी, कृष्ण केसी, सुमन परियार, विप्लव खड्का, विनोद लोहनी र रामकृष्ण श्रेष्ठको पनि अभिनय छ।

करण चैसिरले छायांकन गरेको म्युजिक भिडियोको क्रान्ती केसीले सम्पादन गरेका हुन्।

करण न्यौपानेको शब्द रहेको गीतमा नेत्र भण्डारी र कृष्ण केसीको स्वर छ भने संगीत र संगीत संयोजन पनि कृष्ण केसीकै छ।

Laxmi sunrise bank
kumari

मौलिक शैलीमा तयार गरिएको गीतमा निर्देशक पोखरेलले म्युजिक भिडियो पनि फरक स्वादको बनाएका छन्।

गीतमा दर्शक र स्रोताको राम्रो प्रतिक्रिया प्राप्त भइरहेको उनले बताए।

 

प्रकाशित: Jul 02, 2020| 16:42 बिहीबार, असार १८, २०७७
प्रतिक्रिया दिनुहोस्