मंगलबार, असार २३, २०८३

रोड्रिगोको गोलमा रियलको जित

रोड्रिगोको निर्णायक गोलमा इन्टर मिलानको घरेलु मैदानमा पाहुना टिम रियल मड्रिडले जित निकालेको छ।
 |  बिहीबार, भदौ ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३१, २०७८

काठमाडौं– रोड्रिगोको निर्णायक गोलमा इन्टर मिलानको घरेलु मैदानमा पाहुना टिम रियल मड्रिडले जित निकालेको छ।

इटालीको सान सिरो रंगशालामा बुधबार राति सम्पन्न खेलमा घरेलु टिमले पाहुना टोली रियलसँग १–० गोलको हार बेहोरेको हो।

पहिलो हाफमा खेल बराबरी भए पनि दोस्रो हाफको ८९औं मिनेटमा रोड्रिगोल गोल गर्दै रियललाई जित दिलाएका थिए।

उनको गोलसँगै जित निकालेको रियलले च्याम्पियन्स लिगको समूह डीमा तीन अंक जोडेको छ। सोही समूहको अर्को खेलमा शेरेफले शख्तर डोनेटेक्सलाई २–० गोलले हराएको छ। सो जितसँगै शेरेफ समूह डीको शीर्षस्थानमा छ भने रियल मिड्रड दोस्रो स्थानमा छ।

अन्य खेलहरूमा समूह सीको आयाक्सले स्पोर्टिङ क्लबलाई ५–१ गोलअन्तरले हराएको छ भने सोही समूहको बोरिसिया डर्टमन्डले बेसिक्याट्सलाई २–१ गोलले हराएको हो।

प्रकाशित: Sep 16, 2021| 08:34 बिहीबार, भदौ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।