काठमाडौं– रोड्रिगोको निर्णायक गोलमा इन्टर मिलानको घरेलु मैदानमा पाहुना टिम रियल मड्रिडले जित निकालेको छ।
इटालीको सान सिरो रंगशालामा बुधबार राति सम्पन्न खेलमा घरेलु टिमले पाहुना टोली रियलसँग १–० गोलको हार बेहोरेको हो।
पहिलो हाफमा खेल बराबरी भए पनि दोस्रो हाफको ८९औं मिनेटमा रोड्रिगोल गोल गर्दै रियललाई जित दिलाएका थिए।
उनको गोलसँगै जित निकालेको रियलले च्याम्पियन्स लिगको समूह डीमा तीन अंक जोडेको छ। सोही समूहको अर्को खेलमा शेरेफले शख्तर डोनेटेक्सलाई २–० गोलले हराएको छ। सो जितसँगै शेरेफ समूह डीको शीर्षस्थानमा छ भने रियल मिड्रड दोस्रो स्थानमा छ।
अन्य खेलहरूमा समूह सीको आयाक्सले स्पोर्टिङ क्लबलाई ५–१ गोलअन्तरले हराएको छ भने सोही समूहको बोरिसिया डर्टमन्डले बेसिक्याट्सलाई २–१ गोलले हराएको हो।