मंगलबार, असार २३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • लुसिया किंग्सलाई हराउँदै सेन्ट किट्सले जित्यो सीपीएलको उपाधि

लुसिया किंग्सलाई हराउँदै सेन्ट किट्सले जित्यो सीपीएलको उपाधि

अमेरिकाको क्यारेबियन क्षेत्रमा आयोजना हुने क्यारेबियन प्रिमियर लिग (सीपीएल)को उपाधि सेन्ट किट्स एन्ड नेविस प्याट्रिओट्सले जितेको छ।
 |  बिहीबार, भदौ ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३१, २०७८

काठमाडौं– अमेरिकाको क्यारेबियन क्षेत्रमा आयोजना हुने क्यारेबियन प्रिमियर लिग (सीपीएल)को उपाधि सेन्ट किट्स एन्ड नेविस प्याट्रिओट्सले जितेको छ।

बास्टू क्रिकेट मैदानमा बुधबार राति सम्पन्न खेलमा सेन्ट किट्ले सेन्ट लुसिया किंग्सलाई तीन विकेटले हराउँदै उपाधि जितेको हो।

टस जितेर ब्याटिङ राजेको लुसियाले निर्धारित २० ओभर खेल्दै सात विकेटको क्षतिमा १५९ रन बनाएको थियो। लुसियाका राख्किम कोनवाल र रोस्टोन चेजले समान ४३–४३ रन बनाएका थिए।

बलिङतर्फ सेन्ट किट्सका फवाद अहमद र नसिम साहले २–२ विकेट गिराए।

जवाफी ब्याटिङमा आएको सेन्ट किट्सले पनि पुरा ओभर खेल्दै सात विकेटको क्षतिमा १६० रनको लक्ष्य पुरा गरेको थियो। अन्तिम ओभरमा सेन्ट किट्ले ९ रन बनाउँदै लक्ष्य पुरा गरेको थियो।

सेन्ट किट्सका ओपनर क्रिस गेल शून्य रनमै आउट भए पनि डोमिनिक डुराकेसले सर्वाधिक ४८ रन जोडे।

बलिङमा लुसियाका वाहब रियजले दुई विकेट लिए। यससँगै नवौं संस्करणको सीपीएलको उपाधि सेन्ट किट्सले जित्यो। उसले सीपीएलको उपाधि पहिलो पटक जितेको हो।

यसअघि ट्रिनबागो नाइट राइडर्सले तीन, जमैका लहल्लावह र बार्बाडोसले २–२ पटक जितेका छन् भने ट्रिनिडाड एन्ड टोबागोले एक पटक जितेको छ।

यता लगातार दोस्रोपटक फाइनल पुगेको सेन्ट लुसिया भने दुवै पटक पराजित भयो। सबैभन्दा धेरै पटक फाइनलमा पुगेर उपाधि नजितेको टिम भने गुएना अमेजन हो। ऊ पाँच पटक फाइनलमा पुगे पनि उपाधि जितेको छैन।

प्रकाशित: Sep 16, 2021| 08:26 बिहीबार, भदौ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।