बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नागरिकता विधेयकविरुद्ध जसपाका दुई समूहद्वारा वीरगन्जमा प्रदर्शन

नागरिकता विधेयकविरुद्ध जसपाका दुई समूहद्वारा वीरगन्जमा प्रदर्शन

सरकारले ल्याएको नागरिकता संशोधन विधेयकविरुद्ध जनता समाजवादी पार्टीको दुई समूहले वीरगन्जमा प्रदर्शन गरेको छ।
 |  बुधबार, असार १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १७, २०७७

सरकारले ल्याएको नागरिकता संशोधन विधेयकविरुद्ध जनता समाजवादी पार्टीको दुई समूहले वीरगन्जमा प्रदर्शन गरेको छ।

जनता समाजवादी पार्टीका नेता राजेशमान सिंहको नेतृत्वमा वीरगन्जस्थित स्वीमिङ पुल क्षेत्रबाट निकालिएको विरोध प्रदर्शन घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्दै वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले आवश्यक नै नभएको मुद्दालाई अहिले उठान गरेर मधेशमाथि विभेद गर्न खोजिएको आरोप लगाए ।

उनले भारतबाट विवाह गरी नेपाल आउने चेलीमाथिको अधिकारप्रति पनि सरकारको कुदृष्टि भएको भन्दै सरकारले यस्तो कुदृष्टि नहटाए २०६२ सालदेखि यही वीरगन्जमा हुँदै आएको आन्दोलन पुनः चर्किन सक्ने चेतावनी समेत दिए ।

मेयर सरावगीले कम्युनिष्ट सरकारले मधेशलाई विकास हुन नदिने, सधैं आन्दोलनको रुपमा प्रयोग गरेर मधेशी जनतालाई बर्बाद गर्ने षडयन्त्र गरिरहेको भन्दै अहिले पनि मधेशी जनताहरुलाई आन्दोलनको नाममा अल्झाई देशको सम्पत्ति बेच्ने योजनामा सरकार लागिपरेको आरोप लगाए ।

जनता समाजवादी पार्टीका नेता राजेशमान सिंहले यो विधेयकले बुहारीमाथि अन्याय गरेको बताए। उनले सरकारले पुनः मधेशीमाथि अन्याय लाद्न नागरिकता विधेयकक ल्याएको भन्दै सरकारले आफ्नो विफलता लुकाउन नागरिकता सम्बन्धी विधेयक नयाँ चालको रुपमा ल्याएको बताए । जसपा नेतृ करिमा बेगमले सरकारले फेरि महिला तथा मधेशीमाथि विभेद गर्ने गरी कानुन बनाउन लागेकोप्रति आपत्ति जनाइन् ।

विरोध प्रदर्शनमा पार्टीका नेता शशीकपुर मियाँ, सिपू तिवारी, प्रेमबाबु पटेल, मुकेश द्विवेदी, रम्भा मिश्र, बैजुलाल श्वर्णकार, संतोष तिवारी, लियाकत अली, उमेशलाल सहनी, लक्ष्मीकांत तिवारी, फिरोज मन्सुर लगायतको सहभागिता थियो ।

यसैगरी अर्कोतर्फ जनता समाजवादी पार्टीका नेता रामनरेश यादवको नेतृत्वमा विरोध प्रदर्शन गरिएको थियो । घण्टाघरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै पर्सा क्षेत्र नं ४ का सांसद लक्ष्मणलाल कर्णले नागरिकता संशोधन ऐन खारेज गराउनका निम्ति मधेशीहरु जागरुक हुनुपर्ने बताए।

उनले भने, पुनः मधेशीलाई नेपाली अधिकारबाट बञ्चित गरिएको छ, मधेशीहरुलाई नेपाली नागरिक सम्झिएको छैन। मधेशमा १ सय ५ जना सहिद भएका छन्। नागरिकता विधेयकविरुद्ध पनि ठूलो लडाइँ हुन्छ। नागरिकता विधेयक ल्याएर सरकारले नेपाल र भारत बीचको सम्पूर्ण सम्बन्धमाथि नै धावा बोल्न खोजेको छ।

कार्यक्रममा जनता समाजवादी पार्टीका नेता नेजामुद्दिन समानी, राजेश्वर साह तेली, जनता समाजवादी पार्टीका नेतृ तथा प्रदेशसभा सदस्य करिमा बेगम, रेखा साह, पोखरीया नगरपालिकाकी उपमेयर सलमा खातुन, प्रदेशसभा सदस्य सिंघासन साह कलवार लगायत जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति थियो ।

प्रकाशित: Jul 01, 2020| 06:36 बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।