मंगलबार, असार २३, २०८३

मिलानमाथि लिभरपुलको रोमाञ्चक जित

आत्मघाति गोलको सहायताले अग्रता बनाएको लिभरपुलले युरोपेली च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब एसी मिलानमाथि जित निकालेको छ।
 |  बिहीबार, भदौ ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३१, २०७८

काठमाडौं– आत्मघाति गोलको सहायताले अग्रता बनाएको लिभरपुलले युरोपेली च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब एसी मिलानमाथि जित निकालेको छ।

लिभरपुलको एनफिल्ड रंगशालामा बुधबार राति सम्पन्न खेलमा उसले एसी मिलानमाथि ३–२ गोलको जित निकालेको हो। जितका लागि मोहम्मद सलाह र जोर्डन हेन्डरसाले पनि गोल गरे। लिभरपुलका लागि हेन्डरसनले डिसेम्बरपछि पहिलो गोल गरेका छन्।

खेलको नवौं मिनेटमा एसी मिलानका फिकायो टोम्रीले आफ्नै पोस्टमा गोल गरेपछि लिभरपुलले अग्रता बनाएको थियो। यता मिलानकै एन्टे रेबिचले ४२औं मिनेटमा लिभरपुलविरुद्ध गोल गरे।

रेबिचको गोलसँगै १–१ गोलको बराबरी बनाएको मिलानले ४४औं मिनेटमा अग्रता बनाएको थियो। यसपटक ब्राहिम डियाजले गोल गरे।

तर, दोस्रो हाफमा लिभरपुलले पुनरागमन गर्‍यो। सलाहले ४८औं मिनेटमा र हेन्डरसनले ६९औं मिनेटमा गोल गरेपछि खेल ३–२ गोलले लिभरपुलको हात पुगेको हो।

यो जितसँगै तीन अंक जोडेको लिभरपुल समूह बीको शीर्षस्थानमा छ। मिलान भने पुछारमा छ।

त्यस्तै, सोही समूहको अर्को खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिड र पोर्चुगिज क्लब पोर्टोले १–१ गोलको बराबरी खेलेका छन्। बराबरीसँगै १–१ अंक बाँडेका क्लब एट्लेटिको र पोर्टो समूहको दोस्रो र तेस्रो स्थानमा छन्।

प्रकाशित: Sep 16, 2021| 07:47 बिहीबार, भदौ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।