मंगलबार, असार २३, २०८३

लाइप्जिकविरुद्ध सिटीको आधा दर्जन गोल

युरोपेली च्याम्पियन्स लिग फुटबलअन्तर्गत बुधबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले जर्मन क्लब आरबी लाइप्जिकविरुद्ध आधा दर्जन गोल गरेको छ।
 |  बिहीबार, भदौ ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३१, २०७८

काठमाडौं- युरोपेली च्याम्पियन्स लिग फुटबलअन्तर्गत बुधबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले जर्मन क्लब आरबी लाइप्जिकविरुद्ध आधा दर्जन गोल गरेको छ।

इंग्लिस क्लब सिटीको म्यानचेस्टर स्टेडियममा भएको खेलमा उसले पाहुना टोलीलाई ६–३ गोलले हराएको हो।

म्यानचेस्टर सिटीका लागि नाथन एके, रियाद महरेज, ज्याक ग्रिलिस, जोआ क्यान्सेलो र ग्याब्रियल जिससले गोल गरे। यता लाइप्जिकका नोर्डी मुकियलाले आत्मघाति गोल गरेर सिटीको पक्षमा एक गोल थपिदिएका थिए।

च्याम्पियन्स लिगमा यो म्यानचेस्टर सिटीले गरेको सबैभन्दा धेरै गोल हो। र, खेलको गोल संख्या पनि धेरै हो। यसअघि सिटी र मानाकोको खेलमा ५–३ गोलको नतिजा नस्किएको थियो।

यता गएरातिको खेलमा लाइप्जिकका क्रिस्टोपर एनकुन्कुले खेलको ४२औं, ५१औं र ७३औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे। खेलको पहिलो हाफमा ३–१ ले सिटी अघि थियो भने दोस्रो हाफमा तीन गोल थप्यो साथै लाइप्जिकले दुई गोल थप्यो।

खेलको ७९औं मिनेटमा लाइप्जिकका डिफेन्डर एन्जेलिनोले क्यान्सेलोमाथि खराब ट्याकल गरेपछि उनले डबल यल्लो कार्डको सजाय पाएका थिए। त्यससँगै १० खेलाडीमा समेटिएको लाइप्जिक खेलमा फर्कन सकेन।

यता जितका साथ सिटी समूह ए को शीर्षस्थानमा छ भने लाइप्जिक दोस्रो स्थानमा छ। यो हारसँगै लाइप्जिककाले च्याम्पियन्स लिगमा लागातार तीन खेलमा हार बेहोरेको छ।
प्रकाशित: Sep 16, 2021| 07:37 बिहीबार, भदौ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।