मंगलबार, भदौ ९, २०८३

एमाले पार्टी दर्ताको निवेदन निर्वाचन आयोगमा

दुई दिनअघि निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ताको लागि निवेदन परेको छ।
 |  मंगलबार, असार १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार १६, २०७७

काठमाडौं– दुई दिनअघि निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ताको लागि निवेदन परेको छ।

दर्ताको निवेदन कसले दियो भन्नेबारे आजको नेकपा स्थायी कमिटी बैठकमा गम्भीर छलफल भएको छ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले आयोगमा झापाकी सन्ध्या तिवारीले नेकपा एमाले दल दर्ताका लागि निवेदन दिएकाे विषयमा छलफल भएकाे बताए। बैठकमा अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीसँग जबाफ मागेका थिए।

ती व्यक्ति पार्टीभित्रकै हो वा बाहिरका व्यक्तिले भन्नेबारे जानकारी नभएकाे प्रवक्ता श्रेष्ठकाे भनाइ छ।

प्रवक्ता श्रेष्ठले निवेदनका सम्बन्धमा अर्को बैठकमा पनि छलफल हुने जानकारी दिए।

आजको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीकाे पछिल्लाे अभिव्यक्तिबारे पनि नेताहरुले जबाफ मागेका थिए।

प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा आफूलाई हटाउन होटल र दूतावासमा छलफल भइरहेको बताएका थिए।

कसैले राजीनामा मागेको भए अर्थात् पदबाट हटाउन चाहेको भए पार्टीको आन्तरिक बैठकमा छलफल गर्नुपर्ने भनाइ नेताहरुको थियो।

आज १८ जना स्थायी कमिटीका नेता बोलेका थिए। अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, भीम रावल, रघुजी पन्त, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, जनार्धन शर्मा, भीम आचार्यलगायतले धारणा राखेका थिए।

अर्को बैठक भोलि ११ बजे बालुबाटारमै बस्नेछ।

प्रकाशित: Jun 30, 2020| 17:51 मंगलबार, असार १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।