मंगलबार, भदौ ९, २०८३

‘इनफ इज इनफ’ ग्रुपको अनशन पाटनमा जारी

काठमाडौं– कोरोना भाइरस नियन्त्रणमा सरकारले चालेको कदम प्रभावकारी नभएको भन्दै स्वतन्त्र युवाको समूह ‘इनफ इज इनफ’ ग्रुपले अनशन सुरु गरेको ४ दिन पूरा भएको छ।
 |  मंगलबार, असार १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार १६, २०७७

काठमाडौं– कोरोना भाइरस नियन्त्रणमा सरकारले चालेको कदम प्रभावकारी नभएको भन्दै स्वतन्त्र युवाको समूह ‘इनफ इज इनफ’ ग्रुपले अनशन सुरु गरेको ४ दिन पूरा भएको छ।

उक्त ग्रुपले पीसीआर परीक्षण बढाउन, आरडीटी टेस्ट रोक्न, क्वारेन्टिनको उचित व्यवस्थानको मागसहित ललितपुर, पाटनस्थित कृष्ण मन्दिर परिसरमा गएको शुक्रबार अनशन सुरु गरेको थियो।

अनशनमा सहभागीहरुले पानीसमेत नखाएको बताइएको छ। ग्रुपले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सरकारले चाहेमा धेरै गर्न सक्थ्यो। भ्रष्टाचारमा लिप्त भएर सरकार जनताको जीवन जोगाउन असफल हुँदै गएको छ। यसको हामी घोर विरोध गर्छौं।’

ग्रुपले यसअघि सरकारको कामकारबाहीको विरोध गर्दै हस्ताक्षर संकलन, जनप्रतिनिधिलाई एसएमएसमार्फत् जवाफ माग, मुलुकभर १०० भन्दा बढी स्थानमा शान्तिपूर्ण धर्ना तथा प्रदर्शनलगायत कार्यक्रम गरिसकेको छ।

प्रकाशित: Jun 30, 2020| 06:56 मंगलबार, असार १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।