मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या ४०७ (कुन जिल्लामा कति?)

बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या ४०७ (कुन जिल्लामा कति?)

बागमती प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ४०७ पुगेको छ।
 |  सोमबार, असार १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १५, २०७७

काठमाडौं- बागमती प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ४०७ पुगेको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार ललितपुरमा १ काभ्रेमा १, भक्तपुरमा १, मकवानपुरमा १, धादिङमा २, चितवनमा ४ र काठमाडौंमा ६ गरी १६ जना संक्रमित भएका छन्।

योसहित संक्रमितको संख्या ४०७ पुगेको छ। १६६ जना निको भएर घर फर्किएका छन् भने २८६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मृत्यु हुनेको संख्या ५ पुगेको छ।

सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालय, नगरपालिका, गाउँपालिका, स्थानीय स्वास्थ्य संस्था एवम् अस्पतालमार्फत संक्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी, सम्पर्कमा आएकाहरुको फलोअप र अन्य आवश्यक व्यवस्थापन कार्य द्रुत रुपमा भइरहेको छ ।

जिल्ला संक्रमितको संख्या
काठमाडौं : ५९
ललितपुर : ९
भक्तपुर : २३
रसुवा : ९
नुवाकोट : २३
धादिङ : १२०
चितवन : ६४
सिन्धुली : १३
मकवानपुर : १८
रामेछाप : २६
दोलखा : ४
काभ्रे : ७
सिन्धुपाल्चोक : ३२

प्रकाशित: Jun 29, 2020| 21:35 सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।