मंगलबार, भदौ ९, २०८३

एमसीसी कोष सधैं खुला रहँदैन : अमेरिका

संयुक्त राज्य अमेरिकाले एमसीसी अनुमोदनमा ढिलाइ हुँदा झन्डै २ करोड ३० लाख नेपालीलाई थप रोजगारी तथा आर्थिक वृद्धिमा बढोत्तरीका फाइदा दिलाउन ढिलाइ हुने सचेत गराएको छ।
 |  सोमबार, असार १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १५, २०७७

काठमाडौं- संयुक्त राज्य अमेरिकाले एमसीसी अनुमोदनमा ढिलाइ हुँदा झन्डै २ करोड ३० लाख नेपालीलाई थप रोजगारी तथा आर्थिक वृद्धिमा बढोत्तरीका फाइदा दिलाउन ढिलाइ हुने सचेत गराएको छ।

काठमाडौंस्थित अमेरिकी दूतावासले सोमबार वक्तव्य जारी गर्दै नेपालमा एमसीसी परियोजनाबारे आएका विभिन्न समाचारबारे आफू सचेत रहेको जनाएको हो।

वक्तव्यमा भनिएको छ, 'हामी कम्प्याक्टको कार्यान्वयनबारे भइरहेका स्वस्थ्य र गम्भीर बहसलाई स्वागत गर्दछौं र हामीलाई विश्वास छ, एमसीसी अनुमोदनमा ढिलाइ गर्नुको मतलब झन्डै २ करोड ३० लाख नेपालीलाई थप रोजगारी तथा आर्थिक वृद्धिमा बढोत्तरीका फाइदा दिलाउनमा ढिलाइ गर्नु हो।' 

अमेरिकाले अनुदान स्वीकार गर्नु नेपालको रोजाइको विषय भएको स्पष्ट पार्दै यसअन्तर्गतको कोषको उपलब्धता सधैं खुला नरहने जनाएको छ।

वक्तव्यमा भनिएको छ, 'हामी सबै जनालाई के आग्रह गर्दछौं भने तपाईंले सुनेका या पढेका विषयमा धारणा बनाउनुअघि सो समाचार या हल्लाको आधिकारिकताबारे पनि ध्यान दिनुहोस्। एमसीए नेपालको वेबसाइटमा तपाईंका थुप्रै जिज्ञासाबारे सत्यतथ्य छन्।'

प्रकाशित: Jun 29, 2020| 21:32 सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।