मंगलबार, भदौ ९, २०८३

स्रोत नखुलेको ६५ लाख रुपैयाँसहित दुई जना पक्राउ

प्रहरीले स्रोत नखुलेको ६५ लाख रुपैयाँसहित दुई जनालाई काठमाडौंबाट पक्राउ गरेको छ।
 |  सोमबार, असार १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १५, २०७७

काठमाडौं- प्रहरीले स्रोत नखुलेको ६५ लाख रुपैयाँसहित दुई जनालाई काठमाडौंबाट पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत कालिमाटीको टोलीले स्रोत नखुलेको ६५ लाख ८ हजार रुपैयाँसहित कुलेश्वरबाट दुई जनालाई पक्राउ गरेको हो।

कालिमाटी वृतका प्रमुख डिएसपी रुगम कुँवरका अनुसार पक्राउ पर्नेमा बाराको गढीमाई नगरपालिका-३ का ४७ वर्षीय रमेश सिंह र २५ वर्षीय रविशंकर सिंह छन्।

‘हुण्डी कारोबारमा संलग्न भएको आशंकामा पसलमा छापा पार्दा दुई लाख आठ हजार फेला पर्यो’ कुँवरले भने, ‘पसलमा छापा मारेको खबर सुन्नेवित्तिकै घरबाट ६३ लाख रुपैयाँ लगेर भाग्दै गर्दा उनीहरुलाई पक्राउ गरियो।’

फलफूल व्यापारी उनीहरु नाताले मामा–भान्जा हुन्। रविशंकर भारतीय नागरिक हुन्। दुवै जना कुलेश्वरमा बस्दै आएका थिए।

प्रकाशित: Jun 29, 2020| 18:27 सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।