मंगलबार, भदौ ९, २०८३

‘एसएमएस’ विधि अपनाएर बाहिर निस्कनुस् : डा. गाैतम

 |  सोमबार, असार १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १५, २०७७

काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कँदा कोरोना रोकथाम तथा न्यूनिकरणका न्यूनतम मापदण्ड अपनाउन आग्रह गरेको छ।

लकडाउन खुकुलो भएसँगै भिडभाड बढेको र न्यूनतम मापदण्ड पालना नगरेको भन्दै मन्त्रालयले सामाजिक दूरी, मास्क, स्यानिटाइजर (एसएमएस) विधिको पालना गर्न सबैमा आग्रह गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मानिसहरुले अनावश्यक भिडभाड गर्न थालेको, विवाह, भोजभतेर लगायतका कार्य गर्न थालेको भन्दै यस्ता गतिविधिले झनै संक्रमण फैलन सक्ने बताएका छन्।

उपत्यकालगायत घना बस्तीमा कोरोना संक्रमण बढ्न थालेकाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन पनि मन्त्रालयले आग्रह गरेको छ। घरबाट बाहिर निस्कन परेमा एसएमएस विधि अपनाउन मन्त्रालयको सुझाब छ।

प्रकाशित: Jun 29, 2020| 17:47 सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।