मंगलबार, भदौ ९, २०८३

प्रदेश १ मा ३९२ जना कोरोनामुक्त

प्रदेश १ मा कोरोना भाइरस संक्रमण भएर उपचार गराइरहेका ८ महिने बालिकासहित १४ जना डिस्चार्ज भएका छन्।
 |  सोमबार, असार १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १५, २०७७

विराटनगर – प्रदेश १ मा कोरोना भाइरस संक्रमण भएर उपचार गराइरहेका ८ महिने बालिकासहित १४ जना डिस्चार्ज भएका छन्।

कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत झापाका ६, मोरङका ४, सुनसरीका ३ र पाँचथरका १ जना सोमबार डिस्चार्ज भएका हुन्। डिस्चार्ज हुनेमा विराटनगर १० की ८ महिने बालिका देखि ५४ वर्षसम्मका छन्।

कोभिड उपचार केन्द्रमा जेठ २७ गतेदेखि असार ५ गतेसम्म भर्ना भएकाहरु डिस्चार्ज भएको कोभिड १९ उपचार केन्द्र व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले बताए। प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ३ सय ९२ पुगेको छ।

प्रदेश १ मा सोमबार ७ जना कोरोना संक्रमित थपिएका छन्। सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरमा १ जना महिला, उदयपुरको ताप्लीका २ पुरुष, खोटाङ दिक्तेलका २ महिला र २ पुरुष छन्।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ सय ६७ पुगेको छ।

प्रकाशित: Jun 29, 2020| 17:40 सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।