बिहीबार, वैशाख ३१, २०८३

रेखा थापाले निर्माण गर्ने चलचित्र भदौदेखि छायांकनमा जाने

नायिका रेखा थापाले नयाँ चलचित्र निर्माण गर्ने भएकी छन्।
 |  सोमबार, असार १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १५, २०७७

काठमाडौं– नायिका रेखा थापाले नयाँ चलचित्र निर्माण गर्ने भएकी छन्।

National life

उक्त चलचित्र भदौदेखि छायांकनमा जाने भएको छ। वैशाखबाट छायांकन गर्ने तयारी गरिएको चलचित्र लकडाउनले गर्दा पछि सरेको हो।

रेखा र सौगात मल्लको मुख्य भुमिका रहने चलचित्रको निर्देशन सबिर श्रेष्ठले गर्नेछन्।

चलचित्र बेरोजगार युवाको कथामा आधारित भएको रेखाको भनाइ छ। यसअघि तिहारको लक्ष्मी पुजाको दिन प्रदर्शन गर्ने मिति तोकिए पनि नयाँ मिति भने तय गरिएको छैन।

कोरोना महामारीले कथामा केही परिवर्तन गर्नुपर्ने भएको रेखाको भनाइ छ। चलचित्रको नाम भने हालसम्म जुराइएको छैन।

“सावधानी अपनाएर सक्रिय हुनुको विकल्प छैन,” उनले भनिन्, “सधैं काम नगरी बस्न त सकिंदैन।”

पढ्नुस्:

कस्तो होला कोरोनापछिको मनोरञ्जन बजार ?

 

प्रकाशित: Jun 29, 2020| 17:35 सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्