मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘कोरोनाको डरले बिरामी हुँदा पनि घरमै बस्ने नगर्नुस्’

‘कोरोनाको डरले बिरामी हुँदा पनि घरमै बस्ने नगर्नुस्’

कोरोना भाइरसको डरले बिरामी हुँदा पनि अस्पताल नगई घरमा बस्ने गरेको पाइएको भन्दै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालले त्यसो नगर्न आग्रह गरेको छ ।
 |  सोमबार, असार १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १५, २०७७

कोरोना भाइरसको डरले बिरामी हुँदा पनि अस्पताल नगई घरमा बस्ने गरेको पाइएको भन्दै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालले त्यसो नगर्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक विष्णुप्रसाद शर्माले अस्पतालमा कोभिड र ननकोभिड बिरामीको लागि छुट्टाछुट्टै उपचारको व्यवस्था भएकाले बिरामीहरुलाई अस्पतालमा नडराई उपचारका लागि आउन आग्रह गरेका हुन् । तर अस्पताल पुग्दा स्वास्थ्य मन्त्रालयले भनेअनुसार सतर्क हुनुपर्नेमा उनको जोड छ ।

प्रतिष्ठानमा अन्य समयमा दैनिक १५ सय जनासम्म पुग्ने गरेकोमा हाल ७ सयको हाराहारीमा मात्रै बिरामी पुग्ने गरेको डा. शर्माले जानकारी दिए । बिरामीको सुरक्षालाई ध्यानमा राख्दै उपचारको व्यवस्था मिलाइएको उनले बताए ।

पाटन अस्पतालमा हाल ३७ जना कोरोना संक्रमित छन् । शर्माका अनुसार प्रतिष्ठान सुरुदेखिनै सरुवा रोगको उपचारको लागि पनि तयारी अवस्थामा रहेकोले कोरोनाको उपचारमा सहज भएको छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल २ भागमा ओपीडीलाई विभाजन गरी उपचार व्यवस्थित गरिएको छ । अस्पतालमा हाल ४५ जना संक्रमित राख्न सकिने बेड, १५ वटा भेन्टिलेटर सहितको आइसियु रहेको डा. शर्माले बताए ।

 

प्रकाशित: Jun 29, 2020| 17:33 सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।