मंगलबार, भदौ ९, २०८३

जागिर सुरु गरेको आठ वर्षमै तीन करोड अवैध आर्जन

मालपोत कार्यालय बाराका लेखापाल युगल किशोर ठाकुरले तीन करोड रुपैयाँभन्दा बढी अवैध आर्जन गरेको खुलेको छ।
 |  सोमबार, असार १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १५, २०७७

काठमाडौं- मालपोत कार्यालय बाराका लेखापाल युगल किशोर ठाकुरले तीन करोड रुपैयाँभन्दा बढी अवैध आर्जन गरेको खुलेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट लेखापाल ठाकुरले करिब आठ वर्षको जागिरे अवधिमा ३ करोड ४ लाख ९४ हजार ३०० रुपैयाँ गैरकानुनी आर्जन गरेको खुलेको हो।

२०६८ माघ ९ मा कोष तथा लेखा नियन्त्रक कार्यालय बाराबाट सहलेखापाल पदमा जागिर सुरु गरेका ठाकुरको २०७६ बैशाख मसान्तसम्ममा जम्मा वैध आम्दानी १० लाख ८० हजार सात सय मात्र खुलेको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए।

२०७२ बैशाख २२ मा उनी लेखापाल पदमा बढुवा भएका थिए। अख्तियारका अनुसार राजस्व रकमलाईसमेत आफू अनुकूल खर्च गर्न सक्नेगरी तत्कालीन मालपोत कार्यालय सिमराका कार्यालय प्रमुख मदनप्रसाद गुप्ता र लेखापाल ठाकुरले संयुक्त नाममा खोलेको खातामा जम्मा गरेको खुलेको छ।

अवैध आर्जन गरेको रकममध्ये ठाकुरले पत्नी शोभा कुमारीको नाममा बारामा ७.१० कट्ठा जग्गा खरिद गरेको खुलेको छ।
यस्तै ठाकुर र गुप्ताको संयुक्त नाममा राष्ट्रिय बाणिज्य बैंक सिमरामा रहेको व्यक्तिगत खातामा २ करोड ७६ लाख ४४ हजार जम्मा रहेको अख्तियारले जनाएको छ।

ठाकुरको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा ११ लाख ३९ हजार रुपैयाँ रहेको तथा उनको घरबाट २४ लाख ९२ हजार रुपैयाँ बरामद भएको अख्तियारले जनाएको छ।

ठाकुरले अवैध आर्जन गरेको ३ करोड ४ लाख ९४ हजार ३०० रुपैयाँ बिगो माग दाबी गर्दै अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

प्रकाशित: Jun 29, 2020| 17:20 सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।