मंगलबार, भदौ ९, २०८३

उपत्यकामा २ महिलासहित ८ जनामा कोरोना पुष्टि

उपत्यकाका विभिन्न जिल्लाका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  सोमबार, असार १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १५, २०७७

काठमाडौं- उपत्यकाका विभिन्न जिल्लाका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा काठमाडौंका ४ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार त्यहाँ कोरोना पुष्टि भएकामध्ये २ महिला र २ पुरुष छन्। त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भक्तपुरका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

यसैगरी पाटन अस्पताल प्रयोगशालामा काठमाडौंका १ र ललितपुरका १ पुरुष गरी उपत्याकाका दुई व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालय महाराजगंज प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा काठमाडौंका एक पुरुषमा संक्रमण पुष्टि भएको छ।

योहित पछिल्लो २४ घण्टामा मात्रै उपत्यकामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रकाशित: Jun 29, 2020| 16:38 सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।