रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ६ मा भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
दुर्घटनामा ५० वर्षीय टेकबहादुर परियार र उनका छोरा ३० वर्षीय सन्तोष परियारको मृत्यु भएको हो ।
प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डिल्लीनारायण पाण्डेका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तर्गत सैनामैना नगरपालिका वडा न. ६ कलौनी शान्तिटोलमा लु २ च ८५२९ नम्बरको कार र विपरीत दिशाबाट आइरहेको लु ५२ प ६२२९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
मोटरसाइकलमा सवार टेकबहादुर र सन्तोषको मृत्यु भएको हो ।
