मंगलबार, भदौ ९, २०८३

बीमाको रकमकै लागि परिवार मिलेर सुस्मिताको हत्या

मकवानपुरको हेटौंडा-४ की २४ वर्षीया सुस्मिता क्षेत्री थापाको उनकै सासु, ससुरा र नन्द मिलेर हत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ।
 |  सोमबार, असार १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १५, २०७७

काठमाडौं- मकवानपुरको हेटौंडा-४ की २४ वर्षीया सुस्मिता क्षेत्री थापाको उनकै सासु, ससुरा र नन्द मिलेर हत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ।

असार २ गते घरकै भान्छा कोठामा मृत भेटिएकी सुस्मिताको आत्महत्या नभई हत्या भएको र घटनामा चार जनाको संलग्नता रहेको प्रहरीले निष्कर्ष निकालेको हो।

उनको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ससुरा प्रकाश थापा, सासु तुलसा थापा र अमाजु दुर्गा थापा कार्की र नन्द सीता थापालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ।

मकवानपुरका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले सुस्तिताको हत्याको मुख्य कारण सुस्मिताको पतिको बीमा वापत पाउने रकम भएको बताए।

सुस्मिताका पति रूपेन्द्रको सवारी दुर्घटनामा मृत्यु भैसकेको छ। गत दशैंमा ससुराली कपिलवस्तुबाट टीका थापेर हेटौडा फर्किने क्रममा दाउन्नेमा उनको दुर्घटनामा परी ज्यान गएको थियो।

‘मृत्युपश्चात क्षतिपूर्तिवापत पाएको पाँच लाख रुपैयाँ पनि आफूहरुले पाउनु पर्छ भन्दै परिवारले विवाद गरेछन्’ एसपी राठौरले भने, ‘रूपेन्द्रले तलब, बोनस, बीमा वापतको पाउन बाँकी ३८ लाख २८ हजार पनि आफूहरुले नै लिन बुहारीको हत्या गरेको खुलेको छ।’

राठौरका अनुसार रकम पाउने हकवालाको विषयमा विवाद हुँदा उक्त रकम भुक्तानी हुन सकेको छैन।

सबै रकम आफूलाई दिन परिवारले बारम्बार सुस्मितालाई दबाब दिने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ।

सासुससुराले सुस्मिताकै कारणले आफ्नो छोरा मरेको भन्दै उनलाई मानसिक तनाव दिइरहेको पनि खुलेको प्रहरीले जनाएको छ।

एसपी राठौरका अनुसार ससुराले सुस्मितालाई बलात्कारको प्रयाससमेत गरेका थिए। उक्त कुरा बुहारीले बाहिर भन्ने डरले ससुराले बुहारीलाई मार्न चाहेको खुलेको राठौरले बताए।

प्रहरीका अनुसार असार १ गते राती ससुरा प्रकाशले मदिरा सेवन गरेका थिए। सुस्मिता महिनावारी भएकीले भुइँमै बसेर खाना खाइरहेकी थिइन्।

त्यसैबेला ससुराले काठको लौरोले बुहारीको टाउकोमा हानेर भुँईमा लडाएको र नन्द सीताले समेत मसला पिस्ने लोहोरोले भाउजुमाथि प्रहार गरेको खुलेको छ।

हत्यापश्चात् आत्महत्या जस्तो देखाउन छरपस्ट सामान बाबु छोरी मिलेर व्यवस्थित गर्दै सुस्मिताको शरीरको रगतसमेत पुछेको प्रहरीले जनाएको छ। उनीहरुले नै आत्महत्याको हल्ला फैलाएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए।

इन्जिनियर रूपेन्द्र र सुस्मिताबीच गत वर्ष वैशाख १८ गते विवाह भएको थियो। रूपेन्द्र क्लोजर सिस्टम इन्टरनेशनल नेपाल प्रालि हेटौंडामा काम गर्थे।

प्रकाशित: Jun 29, 2020| 16:05 सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।