मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जग्गाको तीनतिर २० फिटे बाटो, वडासचिवको सिफारिसमा छैन

जग्गाको तीनतिर २० फिटे बाटो, वडासचिवको सिफारिसमा छैन

तीनतिर २० फिटे चौडा बाटोले छोएको जग्गामा बाटो नभएको भनी सिफारिस दिने रुपन्देहीका एक वडासचिवसहित आठ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
 |  सोमबार, असार १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १५, २०७७

काठमाडौं- तीनतिर २० फिटे चौडा बाटोले छोएको जग्गामा बाटो नभएको भनी सिफारिस दिने रुपन्देहीका एक वडासचिवसहित आठ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

गलत रिफारिस दिएर राजश्व छली गरेको अभियोगमा सिद्वार्थनगर नगरपालिका–६, का वडासचिव शिवनारायण गुप्ता बनियासहित चार जना तथा अन्य चार जनाविरुद्ध अख्तियारले विशेष अदातलमा मुद्दा दायर गरेको हो।

कित्ता नम्बर २०० को क्षेत्रफल ९९५.३० वर्गमिटर जग्गामा जग्गाधनी रुपेन्द्र यादव, सचिव बनिया र जग्गा खरिदकर्ताहरु सागर थापा र राम क्षेत्रीको आपसी मिलेमतोमा गलत सिफारिस गरी राजश्व चुहावट गरेको खुलेको अख्तियारले जनाएको छ।

उक्त गलत सर्जमिन मुचुल्काको आधारमा दुई लाख ७१ हजार चार २६ रुपैयाँ राजश्व चुहावट भएको भन्दै अख्तियारले सचिव बानियाँविरुद्ध सोही बराबरको रकम बिगो माग दाबी लिएको छ।

जग्गा बिक्रीकर्ता यादवले नियमानुसार लाग्ने पुँजीगत लाभकर वाफतको एक लाख ५४ हजार एक सय ८८ रुपैयाँ जग्गा बिक्री गर्दा दाखिला नगरी उजुरी परेपछि मात्र एक लाख ४३ हजार पाँच सय ३५ रुपैयाँ दाखिला गरेको अख्तियारले जनाएको छ।

पुँजीगत लाभकरवाफत १० हजार ६ सय ५३ रुपैयाँ हालसम्म पनि दाखिला नगरेको भन्दै अख्तियारले एक लाख ५४ हजार एक सय ८८ रुपैयाँ नै बिगो माग दाबी लिएको छ।

जग्गा खरिदकर्ताहरु सागर थापा र राम क्षेत्रीले जग्गा खरिद गर्दा एक लाख १७ हजार दुई सय २८ रुपैयाँ रजिस्ट्रेसन शुल्क बुझाउनु पर्नेमा उजुरी परेपछि मात्र बुझाएको अख्तियारले जनाएको छ।

यस्तै सेवाग्राहीबाट लिएको पाँच हजार घुससहित पक्राउ परेका कम्पनी रजिस्टारको कार्यालय, त्रिपुरेश्वरमा कार्यरत नायब सुब्बा डोरप्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ।

अभिलेख अध्यावधिक गर्ने क्रममा सहजीकरण गरिदिने भन्दै उनीहरुले घुस लिएको अख्तियारले जनाएको छ।

यस्तै सेवाग्राहीबाट घुस दिँदै गरेको अवस्थामा पक्राउ परेका मालपोत कार्यालय, धादिङका कम्प्युटर अपरेटर सूर्य अधिकारी र लेखापढी व्यवसायी कान्छोनारायण श्रेष्ठविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ।

जीवनपुरमा चार रोपनी जग्गाको रजिस्ट्रेसन पास गर्ने क्रममा लेखापढी व्यवसायी श्रेष्ठमार्फत लिएको पाँच हजार घुससहित दुवै जनालाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको थियो।

प्रकाशित: Jun 29, 2020| 12:29 सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।